PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इपीएल : केभिन ओ'ब्रायनको अर्धशतकमा काठमाडौँको दोस्रो जित, लगातार चौथो खेल हारेपछि पोखरा लिग चरणबाटै आउट



पहिलोपोस्ट

इपीएल : केभिन ओ'ब्रायनको अर्धशतकमा काठमाडौँको दोस्रो जित, लगातार चौथो खेल हारेपछि पोखरा लिग चरणबाटै आउट

काठमाडौँ : आइरिस खेलाडी केभिन ओ'ब्रायनको शतक मद्दतमा काठमाडौँ किंग्स ११ ले पोखरा राइनोजलाई ५ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिगमा दोस्रो जित हात पारेको छ।

काठमाडौँसँग पराजित भएपछि लगातार चौथो हार बेहोरेको पोखरा राइनोज भने एक खेल अगावै लिग चरणबाट बाहिरिएको छ। पोखरा अब अन्तिम खेलमा चितवन टाइगर्ससँग खेल्नेछ।

काठमाडौँले दोस्रो जित हात पार्ने क्रममा पोखराले दिएको १६६ रनको लक्ष्य काठमाडौँले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो।

काठमाडौँका लागि विदेशी खेलाडी केभिन ओ'ब्रायनले ३५ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ५४ रन बनाए। यस्तै कप्तान रोहज मुस्ताफाले ४० तथा सुब्रमनियम आनन्दले २७ रन जोडे। पोखराका विक्रम सोबले २ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा राइनोजले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो। पोखराका लागि रिचर्ड लेभीले ३८ रन बनाए भने कप्तान कायल कोत्जर र पउल कघलिनले समान ३७ रन जोडे।

बलिङमा काठमाडौँका केभिन ओ'ब्रायन र विक्रम भुसालले २-२ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell