PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

बुबासँगै अमेरिका प्रवेश गरेकी सात वर्षीया बालिकाको प्रहरी हिरासतमा मृत्यु



बुबासँगै अमेरिका प्रवेश गरेकी सात वर्षीया बालिकाको प्रहरी हिरासतमा मृत्यु
फाइल फोटो : एएफपी

वासिङ्टन : संयुक्तराज्य अमेरिकाको जेलमा ग्वाटेमालाकी एक सात वर्षीया बालिकाको मृत्यु भएको अमेरिकी अखबार दी वासिङ्टन पोस्टले जनाएको छ। न्यू मेक्सिको राज्यमा अमेरिकी सीमा प्रहरीले पक्राउ गरेकी ती बालिकाको प्रहरी थुनामै मृत्यु भएको हो। 

मेक्सिकोबाट बुबा र अरु दर्जनौं व्यक्तिसँगै गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेकी ती बालिकाको शरीरमा पानीको मात्रा कम हुने समस्याबाट मृत्यु भएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले जनाएको छ। 

उक्त निकायले ती बालिकाले धेरै दिनदेखि केही नखाएको र पानी समेत नपिएको बताएको छ। पक्राउ परेलगत्तै त्रसित मुद्रामा देखिएकी ती बालिकामा एकाएक काँप्ने समस्या देखिएको र उपचारका लागि स्थानीय अस्पतालमा पुर्‍याएलगत्तै मृत्यु भएको सीमा सुरक्षा निकायले जनाएको छ। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्ने व्यक्तिलाई अवैध आप्रवासीको संज्ञा दिँदै उनीहरुलाई अमेरिका प्रवेश गरेमा पक्राउ गरी फर्काइदिने चेतावनी दिदै आएका छन्। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell