PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फ्राइडे रिलिजमा 'सुश्री सम्पत्ति', 'कथा ७२' र 'डोली'



पहिलोपोस्ट

फ्राइडे रिलिजमा 'सुश्री सम्पत्ति', 'कथा ७२' र 'डोली'

काठमाडौं : यस साता तीन नेपाली फिल्म रिलिज भए। 'सुश्री सम्पत्ति', 'कथा ७२' र 'डोली' प्रदर्शनमा आएका नेपाली फिल्म हुन्। त्यस्तै नेपाल प्रदर्शनमा आएको विदेशी फिल्म हो 'स्पाइडर म्यान इन्टू द स्पाइडर भर्स'।

संचारकर्मी सुव्रत आचार्यले फिल्म 'सुश्री सम्पत्ति'लाई निर्देशन गरेका हुन्। पोखराको नाइट लाइफको कथामा बनेको फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपानेको मुख्य अभिनय छ। फिल्ममा उनीहरुसँगै प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतको अभिनय छ। फिल्ममा प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन्।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’मा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ।

त्यस्तै प्रदर्शनमा आएको अर्को फिल्म 'कथा ७२'लाई प्रविनले निर्देशन गरेका हुन्। निर्माण टिमले हालै फिल्मको 'तिला ताजी'बोलको गीतमा कभर भिडियो प्रतियोगिता आयोजना गरेको थियो।

फिल्ममा आकाश मगर, सुप्रिया राना, भुइसल लामा, पल्मो सन्जु तामाङ, केदार श्रेष्ठ, शारदा अधिकारीको अभिनय छ। फिल्मले भूकम्पपछि एउटा युवाको जिन्दगीमा घट्ने घट्नाहरुको कथा बोलेको छ। यसअघि फिल्म सिटेल इन्टरनेशनल फिल्म फेस्टिभल, दुर्बन इन्टरनेशनल फिल्म फेस्टिभल, सिकागो साउथ एसियन फिल्म फेस्टिभल, हानोइ इन्टरनेशनल फिल्म फेस्टिभलमा र काठमाडौं इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)मा प्रदर्शन भइसकेको छ।

फिल्म 'डोली'लाई राजबहादुर सानेले निर्देशन गरेका हुन्।

फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाईं, अर्जुन गुरुङ, सानिया खान,संगीता नापितलगायतको अभिनय छ। रेड बर्डको ब्यानरमा निर्माण भएको फिल्ममा तारा थापा किम्भेको सम्पादन छ।

हलिउड फिल्म 'स्पाइडर म्यान इन्टू द स्पाइडर भर्स'लाई बव, पिटर, रोड्नीले निर्देशन गरेका हुन्। एक्सन विधामा बनेको फिल्ममा जेक जोनसन, निकोलसलगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell