PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

साउदी अरेबियालाई सहयोग अन्त्य गर्ने विषयमा अमेरिकी सिनेटमा मतदान



साउदी अरेबियालाई सहयोग अन्त्य गर्ने विषयमा अमेरिकी सिनेटमा मतदान
फाइल फोटो : VOANEWS/ AP

वासिङ्टन : साउदी अरेबियाले यमनका हुथी विद्रोही विरुद्ध जारी आक्रमणमा अमेरिकी सैनिक सहायता अन्त्य गर्ने वा नगर्ने भन्ने विषयको छलफललाई खुला गर्ने विषयको प्रस्तावलाई अमेरिकी सिनेटले बहुमतले पारित गरेको छ। 

साउदी पत्रकार जमाल खशोग्गीको हत्याको विषयलाई लिएर ट्रम्प प्रशासन र कंग्रेसबीच तनाव जारी रहेको छ। सिनेटरबीच उक्त विवादका विषयमा छलफल हुनुपर्छ भन्ने प्रस्तावको पक्षमा ६० र विपक्षमा ३९ मत परेको थियो। उक्त प्रस्ताव रिपब्लीकन सिनेटर माइक ली र स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले अघि सारेका थिए। 

खशोग्गीको हत्यामा साउदी राजकुमारको प्रत्यक्ष संलग्नता रहेको विभिन्न अनुसन्धानले देखाउँदै आएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया अमेरिकीको असल मित्रको रुपमा रहेकाले राजकुमारमाथि आरोप लगाउन नमिल्ने तर्क राख्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell