PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

कर्णाली सरकारको हवाई भाडामा एक हजार रुपैयाँ सहुलियत, कसकसले पाउँछन् सुविधा?



पी बी खड्का

कर्णाली सरकारको हवाई भाडामा एक हजार रुपैयाँ सहुलियत, कसकसले पाउँछन् सुविधा?

सुर्खेत : कर्णाली प्रदेश सरकारले पूर्णअपाङ्गता र ज्येष्ठ नागरिकलाई हवाई भाडामा हजार रुपैयाँ सहयोग गर्ने भएको छ। कर्णालीका सम्पूर्ण पूर्ण अपाङ्गता र ज्येष्ठ नागरिकलाई प्रति टिकट १ हजारका दरले छुट दिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दबहादुर बुढाले जानकारी दिए।
 
‘अहिले प्रदेश सरकारले यस आर्थिक वर्षको कार्यक्रम अनुसार हामीले पुस १ गतेदेखि लागू हुनेगरी पूर्ण अपाङ्गता र ज्येष्ठ नागरिकलाई हवाई भाडामा एक हजार सम्म छुट दिनेछौँ,’ उनले भने, ‘कर्णालीबाट जुन सुकै स्थानमा गए पनि नागरिकताको प्रतिलिपी, प्लेन टिकट र अपाङ्गता तथा ज्येष्ठ नागरिक परीचय पत्र ल्याए पैसा उपलब्ध हुने व्यवस्था गरेका छौँ।’
 
कर्णालीको हुम्ला विमानस्थल नजिकै रहेको मन्त्रालय मातहतको कार्यालय सव–वन डिभिजन कार्यालय, डोल्पाको जुफाल विमानस्थल नजिकै वनको सव–डिभिजन कार्यालय र सुर्खेतमा डिभिजन वन निर्देशनालयमा व्यवस्था गरिएको बताए। कार्यविधि अनुसार प्रदेशका हुम्ला र डोल्पा जिल्लाबाट प्रदेश राजधानी सुर्खेत र नेपालगञ्ज तथा प्रदेश राजधानी र नेपालगञ्जबाट हुम्ला र डोल्पा जिल्लामा उडान भर्ने हवाई रुटमा यात्रा गर्ने नागरिकलाई सेवा दिइने मन्त्रालयले जनाएको छ। 

चालु आर्थिक वर्षको करिब पाँच महिना बितिसके पनि अब बाँकी ७ महिनाका लागि नागरिकले सेवा पाउने उनले बताए। मन्त्रालयले कार्यविधि बनाउन ढिला गरेकाले अहिले सुरु गर्न लागिएको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell