PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

स्कुल क्रिकेट लिग माघ ५ देखि १९ गतेसम्म हुने, पृथु बास्कोटा ब्राण्ड एम्बासडर



पहिलोपोस्ट

स्कुल क्रिकेट लिग माघ ५ देखि १९ गतेसम्म हुने, पृथु बास्कोटा ब्राण्ड एम्बासडर

काठमाडौँ : बनेपा क्रिकेट एकेडेमी र स्पोर्ट्स सेन्टरको संयुक्त आयोजनामा स्कुल क्रिकेट लिग हुने भएको छ।

बिहीवार आयोजकले पत्रकार सम्मेलन गर्दै आगामी माघ ५ देखि १९ गतेसम्म स्कुल लिग गर्ने जानकारी दिएको हो।

लिगमा १० टिमले प्रतिस्पर्धा गर्ने र सहभागी टिमलाईज्ञ दुई समूहमा विभाजन गरेर लिगकम नकआउटका आधारमा खेलाइने आयोजकले जनाएको छ।

दुवै समहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। आयोजकका अनुसार लिग चरणका खेल २० ओभरमा खेलाइने र सेमिफाइनल र फाइनलका खेलहरु २५ ओभरमा खेलाउइनेछ। प्रतियोगिताका खेलहरु पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसको मैदानमा हुनेछ।

प्रतियोगिताको लागि यू-१९ राष्ट्रिय टिमका पूर्व कप्तान पृथु बास्कोटालाई ब्राण्ड एम्बासडर नियुसक्त गरिएको छ।

लिगको विजेताले गनद ७१ हजार र ट्रफी हात पार्नेछन् भने उपविजेताले २१ हजार र ट्रफी पाउनेछन्। यस्तै प्लेअर अफ दि ट्रनामेन्टले एक सेट क्रिकेट किट प्राप्त गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell