PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

भ्लगका लागि डबिङमा व्यस्त सलिनमान बनियाँ



पहिलोपोस्ट

भ्लगका लागि डबिङमा व्यस्त सलिनमान बनियाँ

काठमाडौं : फिल्म 'यात्रा अ म्यूजिकल भ्लग'को पोस्ट प्रोडक्सनको काम सुरु भएको छ। फिल्मका कलाकार यतिखेर डबिङमा व्यस्त छन्। फिल्ममा मुख्य भुमिकामा देखिँदैछन् सलिनमान बनियाँ। उनले झरना थापा निर्देशित 'ए मेरो हजुर २'बाट डेब्यू गरेका थिए। फिल्ममा सलिन भ्ल्गरको भूमिकामा छन्।

फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन्। यो उनको डेब्यू निर्देशन हो। दोश्रो फिल्मका लागि सलिन निकै आशावादी छन्। डेब्यू फिल्मबाट नै उनले अभिनयको चर्चा बटुलेका थिए। फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राईलगायतको अभिनय छ।

फिल्ममा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय छ। फिल्ममा बालकलाकार अंकित संग्रौला र एन्जल राईको अभिनय छ। देवीफिल्म्स, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिष शाहको सम्पादन, शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत छ। फिल्म भने चैत्र २९ मा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell