PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ए डिभिजन लिग : उपाधि होडमा मनाङ अघिअघि, थ्री स्टार, संकटा र आर्मी पछिपछि



पहिलोपोस्ट

ए डिभिजन लिग : उपाधि होडमा मनाङ अघिअघि, थ्री स्टार, संकटा र आर्मी पछिपछि

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग-२०७५ मा आधा भन्दा बढी खेल सकिएको छ।

सोमवार सातौँ चरणसम्मका खेल सकिएपछि लिगमा कूल ९१ मध्ये ४९ खेल सकिएको हो। सहभागि १४ क्लबले ७-७ खेल खेलिसकेका छन्।

अहिलेसम्म शतप्रतिशत नतिजा निकालेको मनाङ मर्स्याङ्दी क्लब उपाधि दाबेदारीमा सबैभन्दा अगाडी देखिएको छ। मनाङलाई थ्री स्टार, संकटा र विभागीय टोली आर्मीले पछ्याइरहेको छ।

यद्यपी सातौँ चरणको खेलमा भने यी चारवटै क्लबलाई जित हात पार्न संघर्ष गर्नुपरेको थियो। मनाङले खेल सकिन पाँच मिनेट अघि विदेशी खेलाडी अफिज ओलावालेको गोलमा मछिन्द्रलाई पराजित गर्‍यो।

उता रन्जित धिमालको दोस्रो हाफमा दुई गोल मद्दतमा थ्री स्टारले जावलाखेललाई हरायो भने संकटाले पनि इन्जुरी टाइममा गोल गर्दै खेल जितेको हो।

आर्मीले पनि ब्रिगेडलाई हराउन निकै संघर्ष गर्नुपर्‍यो। उता विभागीय टोली नेपाल पुलिसले अग्रता जोगाउन नसक्दा हिमालयन शेर्पासँग बराबरी खेल्दै अंक बाँड्यो।

अर्को विभागीय टोली एपीएफ र च्यासल युथ क्लबले भने सातौँ चरणमा प्रभावशाली जित हात पारे। एपीएफले सरस्वती युथ क्लबलाई ३-० र च्यासलले फ्रेण्ड्सलाई ३-१ ले हरायो।

सातौँ चरणपछि दुई टोली अपराजित छन् मनाङ र आर्मी। मनाङले अहिलेसम्म शतप्रतिशत नतिजा निकाल्दै ७ खेलबाट २१ अंक जोडेर शीर्ष स्थानमा आसिन छ। मनाङले अहिलेसम्म खेलेका मध्ये ४ खेलमा क्निनसिट राखेको छ भने तीन खेलमा १-१ गोल खाएको थियो।

मनाङले दुई खेल १-० र दुई खेल २-० को अन्तरमा जितको छ। यस्तै दुई खेल २-१ र एक खेल ३-१ को अन्तरमा जितेको छ। मनाङले धेरै गोल गर्न नसकेपनि कम्तीमा एक गोल गरेर भएपनि ३ अंक जोडेको छ।

मनाङले अहिलेसम्म गरेको १३ गोल मध्ये अन्जन विष्ट र विदेशी खेलाडी ओलावालेले समान ५ गोल गरेका छन्।

मनाङले अब आर्मी, च्यासल र नेपाल पुलिससँग लगातार खेल्नुपर्नेछ। अर्को चरणमा मनाङले आर्मीसँग खेल्ने तालिका छ।

यस्तै तेस्रो चरणमा मनाङसँग २-१ ले हार्नुबाहेक बाँकी ६ खेल जितेको थ्री स्टार १८ अंकसहित दोस्रो स्थानमा छ भने १८ अंक नै रहेको संकटा गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ। थ्री स्टारका रन्जित धिमाल ६ गोल गर्दै लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा अगाडी छन्। उनले चार गोल पेनाल्टीमै गरेका थिए।

थ्री स्टारले मनाङ बाहेक अन्य ठूला क्लबसँग खेल्न बाँकी छ। थ्री स्टारले नवौँ चरणमा आर्मीसँग खेल्नुपर्नेछ। मनाङ र आर्मी तथा थ्री स्टार आर्मीबीचको खेलले लिगमा कुन क्लबको स्थान कहा हुने भन्ने खाका तयार तयार पार्नेछ।

उता संकटाले पनि ठूला क्लबहरुसँग खेल्न बाँकी छ। यस सिजन अन्डर डगको छवी बनाएको संकटा आर्मीसँग फराकिलो अन्तरमा हारेपनि पुलिस र च्यासल जस्ता क्लबलाई पराजित गरिसकेको छ। संकटाले अब मनाङ, थ्री स्टार र हिमालयन शेर्पासँग खेल्न बाँकी छ।

मनाङसँगै अपराजित रहेको अर्को क्लब आर्मीले पाँच जित र दुई बराबरी खेल्दै १७ अंक जोडेको छ। उपाधि दाबेदार मानिएको आर्मी शीर्ष स्थानको मनाङभन्दा ४ अंकले पछि छ। अबको खेलमा मनाङसँग खेल्नुपर्ने भएकोले आर्मीको लागि उक्त खेल उपाधि होडमा टिकिराख्न जित्नैपर्ने दबाब छ।

बराबरी खेलेपछि नेपाल पुलिस र शेर्पाको समान ११ अंक छ भने क्रमश: पाँचौ र छैटौँ स्थानमा छन्। यस्तै च्यासल (१०) र एपीएल (११) सातौँ र आठौँ स्थानमा छन्।

एनआरटी र मछिन्द्र भने सातौँ चरणसम्म आइपुग्दा पनि अझै जितविहिन छन्। मछिन्द्रले त गोल समेत गर्न सकेको छैन। तीन खेल बराबरी गर्दै ३ अंक जोडेको मछिन्द्र अंकतालिकामा पूछारबाट दोस्रोमा छ। एक अंक मात्र जोडेको एनआरटी पूछारमा छ।

लिगमा आज र भोली कुनै खेल हुनेछैन। बिहीबारदेखि आठौँ चरणको खेल सुरु हुनेछ। एन्फाले दशौँ चरणसम्मको मात्र खेल तालिका सार्वजनिक गरेको छ। अन्तिम तीन चरणको खेल तालिका भने सार्वजनिक गर्न बाँकी छ।

 

सातौँ चरणको खेलको नतिजा

पुलिस १-१ हिमालयन शेर्पा

एनआरटी ०-१ संकटा

एपीएफ ३-० सरस्वती

थ्री स्टार २-० जावलाखेल

च्यासल युथ क्लब ३-१ फ्रेण्ड्स

आर्मी १-० ब्रिगेड

मनाङ १-० मछिन्द्र

 

आठौँ चरणको खेलतालिका

एनआरटी vs सरस्वती

एपीएफ vs जावलाखेल

संकटान vs हिमालयन शेर्पा

पुलिस vs फ्रेण्ड्स

मनाङ vs आर्मी

च्यासल vs ब्रिगेड

थ्री स्टार vs मछिन्द्र

 

नवौँ र दशौँ चरणको खेलतालिका यस्तो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell