PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपाली ब्याडमिन्टन टोली बङ्गलादेश प्रस्थान



पहिलोपोस्ट

नेपाली ब्याडमिन्टन टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ : ‘योनेक्स सनराइज बङ्गलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज २०१८’ मा सहभागी हुन चार सदस्यीय नेपाली टोली आज ढाका प्रस्थान गरेको छ।

हुन विश्व ब्याडमिन्टन सङ्घको तत्वाधान तथा बङ्गलादेश ब्याडमिन्टन सङ्घको आयोजनामा बङ्गलादेश राजधानी ढाकामा हुने सो प्रतियोगितामा सहभागी हुन नेपाल ब्याडमिन्टन सङ्घका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतृत्वमा चार सदस्यीय नेपाली ब्याडमिन्टन टोली आज त्यहाँ प्रस्थान गरेको हो।

बङ्गलादेश प्रस्थान गर्ने खेलाडीहरुमा रत्नजित तामाङ, दिपेश धामी र नङ्शलदेवी तामाङ रहेका छन्। अमिता गिरी पढाइका क्रममा भारतमा रहेकाले त्यतैबाट बङ्गलादेश प्रस्थान गर्ने ब्याडमिन्टन सङ्घले जनाएको छ। यही मङ्सिर २५ देखि पुस १ गतेसम्म सञ्चालन हुने बङ्गलादेश च्यालेन्जमा नेपाली टोलीले पुरुष र महिला एकल, युगल तथा मिश्रित युगलमा प्रतिस्पर्धा गर्ने टोली व्यवस्थापक श्रेष्ठले जानकारी दिए।

यसैबीच बङ्गलादेश ब्याडमिन्टन सङ्घको निमन्त्रणमा निर्णायकको भूमिका निर्वाह गर्न तीन अन्तर्राष्ट्रिय रेफ्री उदय अर्याल, दीपक थापा र सुमित शाक्य पनि आजै त्यसतर्फ प्रस्थान गरेका छन्। ब्याडमिन्टन एशियाबाट मान्यता प्राप्त तीन नेपाली अन्तर्राष्ट्रिय रेफ्रीले बङ्गलादेशमा हुने उक्त प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell