PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रदीप र विशालको रिहाइको माग गर्दै कञ्चनपुरमा चक्काजाम 



एम बम

प्रदीप र विशालको रिहाइको माग गर्दै कञ्चनपुरमा चक्काजाम 

कैलाली : भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका प्रदीप रावल र विशाल चौधरीका आफन्तले पूर्व पश्चिम राजमार्गको महेन्द्रनगरमा आज चक्काजाम गरेका छन्। 

सोमवार रावल र चौधरीलाई रिहा गर्नुपर्ने माग गर्दै उनका आफन्तले चक्काजाम गरेका हुन्। निर्दोष रावल र चौधरीलाई निर्मला हत्या प्रकरणसँग जोडेर प्रहरीले फँसाउन खोजेकाले ट्राफिक चोकमा आफन्त सहित अधिकारकर्मीले चक्काजाम गरेको अधिकारकर्मी मीना भण्डारीले बताइन्। 

दिउँसो ३ घण्टा राजमार्गमा चक्काजाम गरिएको थियो। निर्मलाको हत्या भएको दिन प्रहरीले विशाललाई कुखुरा चोरीको आरोपमा पक्राउ गरेको उनका आफन्तको भनाइ छ।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell