PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पार्टी एकीकरण गर्न फोरमले गठन गर्‍यो वार्ता समिति: महाधिवेशन जनकपुरमा



पार्टी एकीकरण गर्न फोरमले गठन गर्‍यो वार्ता समिति: महाधिवेशन जनकपुरमा

काठमाडौं: सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले पार्टी एकीकरणका लागि वार्ता समिति गठन गरेको छ।

विचार मिल्ने पार्टीहरुसँग एकीकरणको छलफल तथा प्रक्रिया अगाडि बढाउन सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गरिएको हो।

हिजो र आज चलेको फोरमको केन्द्रीय समिति बैठकबाट वार्ता समिति गठन गरिएको छ।

वार्ता समितिमा उपाध्यक्ष रकम चेम्जोङ, महासचिव रामसहाय प्रसाद यादव, उपमहासचिव प्रकाश अधिकारी, सचिव इस्तियाक राई र राजनीतिक समिति सदस्य महेन्द्र थापा रहेका छन्।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसहिचत विचार मिल्ने पार्टीहरुसँग एकीकरणका लागि छलफल र प्रक्रिया अगाडि बढाउने जिम्मेवारी वार्ता समितिलाई दिइएको छ।

यसैबीच फोरमको महाधिवेशन सरेको छ। माघ २८, २९ र ३० गते गर्ने भनिएको प्रथम राष्ट्रिय एकता महाधिवेशनका लागि तयारी समय अपुग भएको भन्दै आगामी वैशाख २८, २९ र ३० गते जनकपुरधाममा गर्ने निर्णय भएको छ।

सदस्यता नवीकरण माघ २५ गतेसम्म गरिसक्नु पर्ने, समिति नबनिसकेका ठाउँहरूमा पुस १५ गतेसम्म बनाईसक्नु पर्नेछ, वडा, गाउँ, नगरपालिका, उपमहानगर र महानगरपालिकाहरूको अधिवेशन फागुन २५ गतेसम्म सम्पन्नगरिसक्नु पर्ने निर्देशनसमेत दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell