PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

स्वास्थ्य सचिवमा केदारबहादुर अधिकारी



स्वास्थ्य सचिवमा केदारबहादुर अधिकारी

काठमाडौं: सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारीलाई सरुवा गरेको छ। अधिकारी यसअघि पनि स्वास्थ्य मन्त्रालयमा दुई वर्ष सहसचिवका रुपमा कार्यरत थिए। यसअघिको सचिव पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरेपछि लामो समयदेखि स्वास्थ्य मन्त्रालय सचिवबिहिन थियो।

 

स्वास्थ्य सचिव चौधरीले प्रधानमन्त्री कार्यलयमा सरुवा गरेको भन्दै सरकारबिरुद्द मुद्दा दायर गरेकी थिइन्। सर्वोच्चले उनको सरुवा तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो। सरकारले उक्त आदेशको खारेजीको माग गर्दै अदालतमा निवेदन दर्ता गराएको छ। अदालतले यो विषयमा छलफल गर्न सचिव चौधरीलाई अदालतमा बोलाएको छ।

 

गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेका उनलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिएको हो। उनलाई सरुवा गरिएको निर्णय भने अझै सार्वजनिक भने गरिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell