PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'साइँली'को गीतमा दयाहाङ पनि



पहिलोपोस्ट

'साइँली'को गीतमा दयाहाङ पनि

काठमाडौं : फिल्म 'साइँली'को गीत सार्वजनिक भयो। केहि समयअघि पोस्टर सार्वजनिक गरेको निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।

'नाच माया' बोलको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार गौरव पहारी, मेनुका प्रधान, दया हाङ राई र केनिपा सिंह फिचर्ड छन्। हेमन्त राणाको चर्चित गीत 'साइँली'को नाम सापटी लिएर फिल्म बनेको हो। 'साइँली'बोलको गीतबाट मेनुकासँगै गौरव पाहारीलाई दर्शकले रुचाएका थिए।

चैत्र १५ गतेदेखि फिल्म प्रदर्शनमा आउनेछ। फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। फिल्म जिएच इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell