PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बिग बोसबाट बाहिरिएसँगै ज्यासलिनले भनिन् 'भजन सम्राटसँग प्रेम होइन'



पहिलोपोस्ट

बिग बोसबाट बाहिरिएसँगै ज्यासलिनले भनिन् 'भजन सम्राटसँग प्रेम होइन'

भजन सम्राट अनुप जलोटासँग जोडी बनेर 'बिग बोस १२'मा प्रवेश गरेकी ज्यासलिन माथुर सोबाट बाहिरिएकी छिन्। २८ वर्षिया माथुरले रियालिटी सोमा अनुपसँगको प्रेम स्वीकारेपछि उनी चर्चामा थिए।

उनी 'विकेन्डका वार' अन्तर्गत बिग बोसको घरबाट बाहिरिएकी हुन्। फाइनल सोका लागि अब ३ हप्ता  मात्र बाँकी छ। उनीसँगै मेघा धडे पनि सोबाट बाहिरिइन्। जलोटा भने ज्यासलिन भन्दा अघि नै सोबाट बाहिरिसकेका थिए।

सोबाट बाहिरएसँगै ज्यासलिनले अनुपसँग प्रेम सम्बन्ध नरहेको बताएकी छिन्। द हिन्दुस्तान टाइम्सलाई उनले भनिन् 'अनुज जी र मेरो गुरु शिष्यको सम्बन्ध हो। सोमा आउनुअघि उहाँले मलाई फोन गर्नु भएको थियो। शिष्य बनेर सोमा जाने अफर गर्नुभएको थियो। सोको पहिलोदिन सलमानको अगाडी मैले उहाँसँग तीन वर्षदेखि सम्बन्धमा रहेको कुरामा जिस्किँदै थिएँ। त्यतिकैमा सलमानले हामीलाई घरभित्र पठाउनुभयो। त्यतिखेर म जिस्कँदै थिएँ तर, सबैले त्यसलाई साँचो सोचेछन्।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell