PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

म्यूजिक भिडियोमा व्यस्त बुगीउगीकी विजेता कविता नेपाली



पहिलोपोस्ट

म्यूजिक भिडियोमा व्यस्त बुगीउगीकी विजेता कविता नेपाली

काठमाडौं : बुगीउगीकी विजेता कविता नेपाली पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त हुन थालेकी छिन्। अहिले उनी म्यूजिक भिडियोमा लगातार देखिन्छिन्।

दर्शकले उनको म्यूजिक भिडियोको नृत्यलाई पनि रुचाएका छन्। केहि समयअघि 'यहि त होला माया', 'मिठो मिठो', 'आँखैमा', 'रातो गलबन्दी'मा फिचर्ड भएकी कविताले अर्को म्यूजिक भिडियो पनि गरेकी छिन्।

गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको ‘हे गोरी’ बोलको गीतमा उनी फिचर्ड भएकी छिन्। पुष्करराज पन्तको शब्द तथा शंकर थापाको संगीत रहेको गीतमा कवितासंगै पुस्कर फिचर्ड छन्। अर्जुन अधिकारीको निर्देशनमा बनेको गीतको भिडियोलाई प्रशान्त तामाङले कोरियोग्राफी गरेका हुन्। गीतमा उत्सव दाहालको छायाँकन र सुशील न्यौपानेको सम्पादन छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell