PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अन्तर प्रदेश परिषदको बैठक सिंहदरबारमा शुरु, यस्तो छ कार्यतालिका



बीपी साह

अन्तर प्रदेश परिषदको बैठक सिंहदरबारमा शुरु, यस्तो छ कार्यतालिका

काठमाडौँ: सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अन्तर प्रदेश परिषद् बैठक शुरु भएको छ। १० महिनापछि पहिलो पटक बसेको बैठक ११ बजेका लागि बोलाइएको भएपनि साढे १२ मा मात्र शुरु भएको हो। 

बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, नेपाल सरकारका मन्त्रीहरु सहभागी छन्। उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव भने अनुपस्थित छन्।

भदौ २४ मा आयोजित बैठक स्थगित भएपछि मुख्यमन्त्रीहरुले बैठक माग गर्दै आएका थिए।

यस्तो छ कार्यतालिका


कार्यक्रमको शुरुमा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले स्वागत मन्तव्य राख्नेछन्। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मणप्रसाद मैनालीको पावर पोइन्ट प्रेजेन्टेसन गर्नेछन्। उक्त प्रस्तुतिमा प्रदेशमा बनाउनुपर्ने नीतिलगायतका विषय समेटिएको बताइएको छ।

लगत्तै नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरुको प्रस्तुति रहने कार्यतालिका रहेको छ।

सचिवहरुको प्रस्तुतिपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको मन्तव्य र महान्याधिवक्त अग्नि खरेलको मन्तव्य रहेको छ।

त्यसपछि सातै प्रदेशका मुख्यमन्त्रीले आफ्नो भनाई राख्नेछन्। मुख्यमन्त्रीहरुले पोखरा सम्मेलनबाट पारित गरेको ८ बुँदेमा समेटिएका विषय राख्ने बताइएको छ।

मुख्यमन्त्रीहरुको भनाईपछि संघीय सरकारका मन्त्रीहरुले आफ्नो राय पेश गर्नेछन्। अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell