PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ट्रेलरमा 'जे सुकै होस्'



पहिलोपोस्ट

ट्रेलरमा 'जे सुकै होस्'

काठमाडौं :  फिल्म 'जे सुकै होस्' टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ। फिल्म आगामी पुस २० गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्मलाई उमेश गुरुङले निर्देशन गरेका हुन्।

यो उनको पहिलो निर्देशकिय डेब्यू फिल्म हो। फिल्ममा किस्मत तामाङ, चन्दा दाहाल, यादव बैरागी, मेलिना ठकुरी लगायतको अभिनय छ।फिल्ममा लक्ष्मण शेस, सुरेश अधिकारीलगायतको संगीत छ। फिल्मको कथा निर्देशक उमेशले लेखेका हुन्। फिल्ममा बनिष शाह र सालिक दुलालको सम्पादन छ।

फिल्ममा नेपालीपन रहेको निर्देशक उमेशले जनाए। उनले भने 'यो फिल्म विदेशी फिल्मको कपी होइन। हामीले प्रविधिको कपी गर्नुपर्छ।  फिल्ममा नेपालीपन भेटिन्छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell