PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मिलनचोकमा मोटरसाइकल दुर्घटनाः चालकको मृत्यु, एक जना घाइते



पहिलोपोस्ट

मिलनचोकमा मोटरसाइकल दुर्घटनाः चालकको मृत्यु, एक जना घाइते

काठमाडौँः टोखा नगरपालिका -६ मिलनचोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति करिब १२ बजे बा ६५ प ८०६५ नम्बरको मोटरसाइकल मिलचोचकमा दुर्घटना भएको हो।

मृत्यु हुनेमा बसुन्धरा बस्दै आएका गोरखाका २१ वर्षीय सुवास सुर्खेती रहेको प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो। यस्तै मोटरसाइकलमा पछाडि सवार गोरखाकै १८ वर्षीय सुदीप सुर्खेती घाइते भएका छन्। उनकी ग्राण्डी अस्पतालमा नै उपचार भइरहेको छ।

दुबै जनाले मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell