PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इपीएल क्रिकेटमा आइपीएलको चियरलिडर्स, हेर्नु्स् ६ फोटोमा

इपीएल क्रिकेटमा आइपीएलको चियरलिडर्स, हेर्नु्स् ६ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : शनिवारदेखि टीयू मैदानमा सुरु भएको एभरेष्ट प्रिमियर लिग (इपीएल(मा नयाँ आकर्षणको रुपमा अन्तर्राष्ट्रिय चियरलिडर्स रहे। नाम चलेका विदेशी खेलाडीहरुसँगै विदेशकै चियरलिडर्सको उपस्थितीले यस पटकको इपीएलमा अझ रोमाञ्चकता थपेको छ।

आयोजक इपीएल प्रालीको अनुसार नेपालमा अहिले आएका ६ चियरलिडर्स बेलायतबाट आएका हुन् र उनीहरुले दुई सिजन आइपीएलमा दिल्लीको होम टिममा काम गरिसकेका छन्।

नेपालमा अहिले टी-२० फ्रेन्चाइज लिगको संख्या बढेको छ र इपीएललाई त्यसमध्ये उत्कृष्ट बनाउन आयोजकले नयाँ-नयाँ प्रायोग गर्दै आएको छ। त्यसैलाई मध्यनजर गर्दै आयोजकले किंगफिसरसँग सहकार्य गरे नेपाली खेलकुदमा पहिलो पटक अन्तर्राष्ट्रिय चियरलिडर्स भित्र्याएको हो।

नेपाल आएका ६ जनालाई दुई समूहमा बाँडेर दुई टिमको लागि ३-३ जना चियरलिडर्स राखिएको थियो। शनिवार विराटनगर र ललितपुरबीच खेल हुँदा दुई टोलीकै आ-आफ्नै चियरलिडर्स थिए। विराटनगरले चौका, छक्का हान्दा वा विकेट लिँदा विराटनगरपक्षका चियरलिडर्सले प्रस्तुती दिन्थे भने ललितपुरले त्यसै गर्दा ललितपुरक्षका चियरलिडर्सले प्रस्तुती दिन्थे।

प्रत्येक खेलमा यसरी नै दुई समूहमा विभाजन गरे चियरलिडर्स राखिने आयोजक इपीएलका प्रवन्ध निर्देशक अमिर अख्तरले जानकारी दिएका छन्।

इपीएल २०१८ लाई 'क्रिकेटेनमेन्ट' बनाउन आयोजकले क्रिकेटसँगै मनोरजञ्जनलाई पनि ध्यान दिएको अख्तरको भनाई छ।
 



ट्रेन्डिङ पोस्ट

Ncell