PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विशेष क्षमता भएकाहरुका लागि 'सानो सपना', प्रदर्शनीमा चित्रकला



विशेष क्षमता भएकाहरुका लागि 'सानो सपना', प्रदर्शनीमा चित्रकला

ललितपुर: शनिवार ललितपुरको झम्सिखेलमा रहेको इभोक क्याफेमा विशेष क्षमता भएका १८ बालबालिकाले बनाएका चित्र प्रदर्शन गरियो। 

एसओएस बालग्राम जोरपाटीका १० जना र वोधिसत्व इन एक्सन(बिआइए)का ८ जना विशेष क्षमता भएका बालबालिकाले बनाएका चित्र हेर्न विभिन्न विद्यालयाका विद्यार्थीहरुसमेत पुगेका थिए।

उच्च शिक्षा अध्ययन गर्न नसक्ने र आफन्तले त्यागेका बालबालिकादेखि प्रौढ व्यक्तिहरुले तीन वर्ष यता बनाएका चित्रहरु प्रदर्शनीमा राखिएको थियो। विशेष क्षमता भएकाहरुका लागि एउटै चित्र बनाउनसमेत धेरै समय लाग्ने गरेको आयोजक सपना साहले बताइन्।

आर्ट थेरापिस्टसमेत रहेकी साहले विगत ३ वर्षदेखि यी विद्यार्थीलाई चित्रकला सिकाउन जोरपाटीको एसओएस धाउँदै आएकी छिन्। त्रिभुवन विश्वविद्यालय फाइन आर्ट डिपार्टमेन्टकी लेक्चररसमेत रहेकी उनी हप्ताको एकदिन उनीहरुलाई चित्रकला पढाउन पुग्छिन्।

साह भन्छिन् 'कोही नभएको र काम पनि नहुँदा डिप्रेसन हुन सक्छ। त्यसैले उहाँहरुले सक्ने किसिमका काममा इन्गेज गराउँदा खुसी हुन्छन्। व्यस्त हुन्छन्। यसले एक त सीप पनि बढ्छ। अर्को उनीहरुमा उत्साह पनि थपिन्छ।'

चित्रकला प्रदर्शन किन त? उनीहरुले बनाएका चित्र बिक्री भएमा उनीहरुलाई सहयोग थपिने साहको भनाई छ। 'प्रदर्शनीबाट सहयोग त जुट्ने छ नै, अझ राम्रो आर्ट गर्नुहुन्छ भन्ने आशा गरेकी छु,' उनले भनिन्। 

सर्भाइभल नेपाल, हाउस अफ प्यालेट्स, स्पिन्ज बिबिले कार्यक्रमको प्रायोजन गरेको हो।

हाल एसओएसमा विशेष क्षमता भएका ४५ जना रहेको र १० जना चित्रकलामा सहभागी भइरहेको एसओएस बालग्राम जोरपाटीकी रमा कार्कीले बताइन्। 

जीवनलाई सफल बनाउन र समाजले हेला गरेका क्षेत्रका व्यक्तिहरुलाई सहयोग गर्न पाउँदा आफूहरुलाई गर्व लागेको सर्भइभल नेपालका सुशील कोइरालाले बताए।

यता बिआइएए फाउन्डेसनले भने विशेष क्षमता भएकाहरुलाई थाङ्कादेखि हेन्डीक्राफ्टसम्म सिकाउने गरेको बिआइएकी छिरिङ डोल्करले सुनाइन्। हाल बिआइएमा १ सय २० जना रहेको र यसमध्ये ८ जना चित्रकलामा सहभागी भएको उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell