PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इन्जिनियरको ज्ञापनपत्र बुझ्दै प्रम ओलीले भने - देश निर्माणका लागि तपाईँहरुको भूमिका महत्वपूर्ण



इन्जिनियरको ज्ञापनपत्र बुझ्दै प्रम ओलीले भने - देश निर्माणका लागि तपाईँहरुको भूमिका महत्वपूर्ण

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

नेपाल प्रगतिशिल इन्जिनियर एशोसिएसनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले इन्जिनियर पेशलाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनु पर्नेमा जोड दिए। 

सरकार इन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको उल्लेख गर्दै प्रमले भने, “समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो शर्त हो। यसमा सरकार प्रतिवद्ध छ। सरकारको यस अभियानमा इन्जिनियरहरुको साथ सहयोग जरुरी छ।”

वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। “सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको छ,” प्रधानमन्त्री ओलीले भने, “केही मानिसहरुले विरोध गरेका छन्। त्यसलाई हामी कामबाट जवाफ दिन्छौं। ”

प्रधानमन्त्रीलाई भेट्न एशोसिएसनका अध्यक्ष शम्भूबहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागहरुसहितको ज्ञापन पत्र बुझाएको छ। प्रधानमन्त्री ओलीले इन्जिनियरका जायज माग पुरा गर्न आफू सकारात्मक भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell