PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

दाङमा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु, चालक फरार



दाङमा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु, चालक फरार

लमही : दाङमा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। सल्यान छत्रेश्वरी गाउँपालिका-१ सल्यान घर भई हाल तुलसीपुर-५ रानीजरुवामा बस्दै आएका १२ वर्षीय नवीन वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार तुलसीपुर-८ टिकरीमा लु २ त ४१८७ नं को ट्रयाक्टरले ठक्कर दिएको थियो। वलीको घटनास्थलमै मृत्यु भएको हो। ट्रयाक्टर तुलसीपुर-३ दमारगाउँ जङ्गलमा फेला पारेको हो।

दुर्घटनापछि फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell