PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

‘माउन्टेन’को स्क्रिनिङसँगै १६ औं ‘किम्फ’ सुरु



पहिलोपोस्ट

‘माउन्टेन’को स्क्रिनिङसँगै १६ औं ‘किम्फ’ सुरु

काठमाडौं: ‘वुमन मभ माउन्टेन’ भन्ने नारा रहेको सोह्रौं काठमाडौं माउन्टेन फिल्म फेस्टिभल काठमाडौंमा सुरु भएको छ। कार्यक्रमको उद्घाटन गायिका एवं समाज सेवी आनी छोइङ डोल्मा, अस्ट्रेलियन निर्देशक जेनिफर पिडम, पर्वतारोही दावा यामजुम शेर्पा, तबलावादक सरिता मिश्र र पहिलो नेपाली महिला टेम्पु चालक लक्ष्मी शर्माले एकसाथ वुमन मुभ माउन्टेनको ब्यानर खोलेर गरे।

महोत्सवमा ७० भन्दा बढी फिल्म देखाइदै छ। जसमध्य ३० प्रतिशत् फिल्म निर्देशक महिला रहेको आयोजक रम्यता लिम्बुको दाबी छ। त्यस्तै महिला फोटोग्राफरहरु पौलोमी बासुको ‘ब्लड स्पिक्स अ रिच्युएल अफ एक्जाइल’ र उमा विष्टको ‘आइ एम प्योर’ शीर्षकमा फोटोहरु राखिनेछ।

राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा मंसिर २१ देखि २५ गतेसम्म हुने फेस्टिभलमा ‘माउन्टेन’ ओपनिङ डकुमेन्ट्री रह्यो। उक्त डकुमेन्ट्रीलाई जेनिफर पिडमले निर्देशन गरेकी हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले किम्फको सहआयोजक हुन् पाएकोमा खुशी व्यक्त गरे। भने,’यस्तो कार्यक्रमले सहर र देशलाई धेरै योगदान पुर्‍याउँछ। आगामी वर्षहरुमा पनि निरन्तर साथ र सहभागिता जनाउने छु।‘

उनले कार्यक्रममा उपस्थित विदेशी दर्शकलाई काठमाडौं उपत्यका भित्र रहेका सम्पदाहरु बौद्धनाथ, पशुपतिनाथ, वसन्तपूर दरबार परिसर र स्वयंम्बु अवश्य घुम्न आग्रह गरे। 

महोत्सवमा नेपाली ट्राभलर्ससँग मिलेर ‘ट्राभल इज एन एटिच्युड’ शीर्षकमा सर्ट फिल्म प्रतियोगिता हुँदैछ। जसमा ३५ वर्षमूनिका युवाहरु सहभागी हुन पाउँनेछन्।

जुरीले अन्तराष्ट्रिय प्रतिस्पर्धामा रहेका १४ फिल्म र नेपाली पानोरमा अन्तर्गतको २० वटामध्यबाट ३, ३ वटा वृत्तचित्र र कथानक चलचित्र चयन गर्नेछन्।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई क्रमश: १५ सय, एक हजार र पाँच सय अमेरिकी डलर दिइनेछ। त्यस्तै नेपाली पानोरामा अन्तर्गतका वृत र कथानक चलचित्र विधामा उत्कृष्ट घोषित हुने दुई फिल्मले क्रमश: नेपाली रुपैयाँ एक लाख र पचहत्तर हजार रुपैयाँ पाउनेछन्।

उत्कृष्ट पर्वतीय फिल्मलाई एक हजार अमेरिकी डलर, उत्कृष्ट साहसिक फिल्मलाई एक हजार अमेरिकी डलर र दर्शक भोटमार्फत उत्कृष्ट ‘अडियन्स अवार्ड’मा परेको फिल्मलाई ५० हजार रुपैयाँ प्रदान गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell