PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

प्रमोद अग्रहरीको रहर 'लिड रोल'मा : 'नाच्ने मन छ, फाइट खेल्ने मन छ'



पहिलोपोस्ट

प्रमोद अग्रहरीको रहर 'लिड रोल'मा : 'नाच्ने मन छ, फाइट खेल्ने मन छ'

'कथा काठमाडौं'मा अभिनेत्री प्रियंका कार्कीसँगको अन्तरंग दृश्यका कारण लामो समय चर्चामा रहे प्रमोद अग्रहरी। दृश्यका कारण सकरात्मक र नकरात्मक चर्चा भयो। असोज १२ मा 'कथा काठमाडौं' प्रदर्शनमा आयो तर फिल्मले सोचेजस्तो व्यापार गर्न सकेन।

प्रमोदले भने उक्त फिल्मबाट अभिनयको प्रशंसा बटुले। उनले फिल्ममा निभाएको भुमिकालाई दर्शकले रुचाए।

अन्तरंग दृश्यले कस्तो प्रभाव पार्‍यो?  

'मलाई त राम्रै भयो। आफूले गर्ने काममा चुक्ने गर्दिनँ म। बाँकी कमेन्टको कुरा हो। कसलाई के मनपर्छ कसलाई के। इट्स ओके', उनले भने 'म काम गर्ने मान्छे हो, प्रोपागान्डा फैलाउन आउँदैन। त्यो कुराले मलाई त फाइदा नै भयो।'

प्रमोदलाई हिजोआज दर्शकले चिन्न थालेका छन्। उनले त्यसलाई उपलब्धि ठानेका छन्। 'हिजो मलाई कसैले चिन्दैन थे। यो डेटमा आउँदा ५ जनाले भए पनि चिन्छन्,' दंग पर्दै सुनाए।   

उनी अभिनित फिल्म 'सुश्री सम्पत्ति' प्रदर्शनको तयारीमा छ। भूमिका मन परेपछि अभिनय गरेको बताउँछन्। पछिल्लो समय टेलिश्रृङ्खला सिंहदरबारमा अर्थमन्त्रीको भुमिकामा देखिए।  

फिल्म र नाटकलाई एकसाथ लाने तयारीमा छन् प्रमोद। उनी अभिनित 'जयश्री दाम', 'जायरा' र 'एक' प्रदर्शनमा आउन बाँकी फिल्महरु हुन्। गत वर्षका फिल्महरु नै यो वर्ष प्रदर्शनमा आए। सुनाएँ 'कथा काठमाडौं सुटिङ गरेको २ वर्षपछि रिलिज भएको फिल्म हो। गत वर्षको फिल्मसँगै अन्य फिल्म प्रदर्शनमा आउँदा मेरोमात्र फिल्म लगातार प्रदर्शनमा आएको देखियो।'  

अहिले उनी स्क्रिप्ट पढ्न व्यस्त छन्। १० महिना भयो फिल्ममा काम नगरेको। फिल्मको अफर आयो भन्दैमा खेलिहालौं भन्ने लाग्दैन प्रमोदलाई। 'यो १० महिना काम नगर्नु भनेको मैलै पात्र जन्माउन पाउँछु नि त। समाजका पात्र नियाल्न पाउँछु। भोलि समाजकै पात्रको अभिनय त गर्ने हो। अभिनय सजिलो छैन। पात्र जन्माउन गाह्रो छ,' उनले भने।

‘उमा’, 'झुम्की', 'ग्याङस्टार ब्लुज', ‘छक्का पञ्जा’, ‘पण्डित बाजेको लौरी’ जस्ता फिल्म गरिसकेका प्रमोदका 'जयश्री दाम', 'जायरा', 'एक' प्रदर्शनमा आउन बाँकी फिल्महरु हुन्। ६ वर्षे यात्रामा १७ भन्दा बढी फिल्म गरिसकेको बताउँछन्।

उनी पछिल्लो समय नकरात्मक भूमिकामा धेरै देखिए। यस विषयमा उनी सकरात्मक सुनिए 'त्यो मेरो रोजाइ होइन। निर्देशकले दिएको  पात्रमा मलाई नयाँ गरौं भन्ने हुन्छ। भिलेन भनेको डरलाग्दो हुनुपर्छ जस्तो लाग्दैन। त्यो एउटा भूमिका त हो नि।'  

उनलाई लिड भूमिकमा देखिने रहर पनि छ। 'मैले गरेको भूमिकाले फिल्मलाई लिड गरेको जस्तो लाग्छ। सायद कुनै दिन आउला मलाई लिडमा देखिने,' आशावादी हुँदै भने 'मलाई पनि हिरो बन्ने मन छ। नाच्ने मन छ, गाउने मन छ,  फाइट खेल्ने मन छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell