PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भाइबरमा अब 'न यता न उता'को स्टिकर



पहिलोपोस्ट

भाइबरमा अब 'न यता न उता'को स्टिकर

काठमाडौं : सामाजिक सञ्जाल भाइबरमा अब नेपाली फिल्म 'न यता न उता'को स्टिकर प्याक भेटिने भएको छ। भाइबरले नेपाली फिल्मको स्टिकर पहिलोपटक प्रस्तुत गरेको निर्माण टिमको दावी छ। मंसिर २० गतेदेखि भाइबरमा स्टिकर प्याक उपलब्ध हुन थालेको हो।

स्टिकर प्याक डाउनलोड गरेर फिल्मको समुहमा आबद्ध भएसँगै कलाकारहरुसँग च्याट गर्ने मौका प्राप्त गर्ने निर्माण टिमले जनाएको छ। साथै स्टिकर प्रयोगकर्ताले कलाकारहरुसँग प्रमोशन प्रमोशन र डिनरमा सहभागि हुन पाउने बताइएको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले यसको प्रचार थालेको हो। 

फिल्ममा ऋचा शर्मा, समिर दिक्षित, छुल्ठिम गुरुङ, मिराज रोश, राजारम पौडेल, बुद्दी तामाङ, रविन्द्र झा, कमलमणी नेपाली, जयनन्द लक्ष्मी, लुनिभा तुलाधरलगायतको अभिनय छ।

मिराज रोश फिल्मका निर्देशक हुन्।  फिल्म माघ २५ गतेदेखि प्रदर्शनमा आउने छ। कमेडी विधामा बनेको फिल्ममा २ जना अधवैशे पुरुषहरुको जीवनमा आइपरेको संकटलाई देखाउन खोजेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell