PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दौरा सुरुवाल र गुन्युचोलीमा 'रणवीर' टिम



पहिलोपोस्ट

दौरा सुरुवाल र गुन्युचोलीमा 'रणवीर' टिम

काठमाडौं : फिल्म 'रणवीर'को गीतको छायाँकन सम्पन्न भएको छ। हालै निर्माण टिमले गीतको छायाँकन बाँकी राख्दै फिल्मको 'इन्डक्ल्याप' गरेको थियो।

काठमाडौंको नक्साल स्थित बालमन्दिरमा गीतको छायाँकन गरिएको हो। राजनराज शिवाकोटीको शब्द, स्वर र संगीत रहेको 'तिरिमिरी तिरिमिरी तिनतारा' बोलको गीतमा अन्जु पन्तले पनि स्वर दिएकी छिन्।



गीतमा फिल्मका मुख्य कलाकार सुशील सिटौला, शुभेच्छा खड्का र सुपुस्पा भट्ट फिचर्ड छन्। टिमले छायाँकन स्थलका तस्वीहरु सार्वजनिक गरेको छ। तस्वीरमा सुशील दौरा सुरुवालमा, शुभेच्छा र सुपुस्पा गुन्यु चोलीमा देखिएका छन्। गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। फिल्म आगामी माघ १८ मा प्रदर्शनमा आउनेछ। फिल्मलाई गोविन्द सिंहले निर्देशन गरेका हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell