PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निर्मला प्रकरणमा विरोध गर्नेलाई सरकारका प्रवक्ताको आक्रोश, 'लेकको जुका झैं स्याउँस्याउँ गरिरहेका छन्'



बीपी साह

निर्मला प्रकरणमा विरोध गर्नेलाई सरकारका प्रवक्ताको आक्रोश, 'लेकको जुका झैं स्याउँस्याउँ गरिरहेका छन्'

काठमाडौं: सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले एसिया प्यासिफिक समिट र निर्मला पन्तको प्रकरणमा भइरहेको सरकारको विरोधको प्रतिवाद गरेका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा निर्मला प्रकरणमा विरोध गर्नेहरुप्रति लक्षित गर्दै उनले भने,‘अरु कुनै मुद्दा नै नभेटिए जस्तो गरेर त्यो विषय उठाएको छ। कुनै बेला गंगामायाको बारेमा यतिकै चर्चा चल्दा मुख थुनेर बस्नेहरुको मुख एकदम लेकको जुकाको जस्तो गरेर, बारीको जुकाको जस्तो गरेर माथितिर स्याउँस्याउँ गरिरहेको छ। अब हामी के भन्न सक्छौं?’

निर्मला प्रकरण अपवाद भएको बताउँदै उनले भने,‘सरकारले बारम्बार अनुरोध गरिरहेको छ कि यस्ता केही घटनाहरु अपवाद बन्न गयो। कतिपय कुराहरुमा सरकारले छानबिन नै नगरिदिएको होला नि। लगातार सरकारले यसमा आफ्नो शक्ति, सामर्थ्य, बुद्धि, विवेक, प्रविधि र सूचना लिइरहेको छ। हामीले प्रतिवद्धता र संकल्प जनाएका छौं कि अपराधीलाई  समय लागे पनि लिएर आउँछौं नै। यहाँ ललितपुरमा भएको एउटा घटना कति समय पछि पत्ता लाग्यो? सर्वोच्चको न्यायाधीशको कति समय पछि पत्ता लाग्यो? अपराधीहरु पत्तै लगाको छैन?’

सरकारको रुचि,  इच्छा र निर्देशनमा अपराध नभएको उनले बताए।

एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री गएको भन्दै  अपराधी जस्तै व्यवहार गर्न खोजिएकोमा मन्त्री बाँस्कोटाले भने, ‘भक्तमान र दिलशोभा प्रकरण जस्तै मिडिया हुने हो कि? ...यस्ता कार्यक्रममा गिरिजा जाँदा, सन्त नेता कृष्णप्रसाद भट्टराई सहभागी हुँदा शान्ति हुने। ..प्रधानमन्त्री केपी ओली जाँदा अपराधी जस्तै बनाउने?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell