PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

'चिमुसिचि'ले जुराएको स्क्रिन जोडी



पहिलोपोस्ट

'चिमुसिचि'ले जुराएको स्क्रिन जोडी

काठमाडौं :  सारिका घिमिरे र टंक बुढाथोकीले हालै नयाँ गीत दर्शक माझ सार्वजनिक गरेका छन्। एमनाथ मैनालीको शब्दमा 'रातो गलबन्दी'बोलको गीत सार्वजनिक भएको हो।

टंकको संगीत रहेको गीतको भिडियोमा सुनिल क्षेत्री, अलिशा शर्मा र नेपाली ठिटोज फिचर्ड छन्। भिडियोमा कलाकारहरुसँगै गायक गायिका पनि रातो गलबन्दीमा देखिन्छन्। सुनिलले नै निर्देशन गरेकको भिडियोमा बुद्ध थापाको छायाँकन र बिकास ज्ञवालीको सम्पादन छ।

पछिल्लो समय सुनिल र अलिशा एकसाथ म्यूजिक भिडियोहरुमा देखिन थालेका छन्। यसअघि एलिसा र सुनिलले 'लठ्ठै', 'बाडुली', 'दिलैमा' जस्ता म्यूजिक भिडियो गरेका थिए। उनीहरुले 'चिमुसिचि'बाट फिल्म क्षेत्रमा डेब्यू गरेका थिए।  दर्शकले उनीहरुको स्क्रिन जोडीलाई रुचाएका छन्। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell