PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मलेसियाबाट फर्किएको ८ दिनमै सवारी दुर्घटनामा परी एक युवकको मृत्यु



राधेश्याम पटेल

मलेसियाबाट फर्किएको ८ दिनमै सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

वीरगंजः वैदेशिक रोजगारबाट घर फर्केका एक २१ वर्षे युवकको पर्सामा सवारी दुर्घटनामा परी ज्यान गएको छ। मलेसियाबाट फर्केको ८ दिनपछि ती युवाको मृत्यु भएको हो। मृत्यु हुनेमा पोखरिया नगरपालिका वडा नं ९ बैरियाका भनु भनिने रामपुकार मुखिया बिन रहेका छन्।

मंगलबार बिहान साढे आठ बजेको समयमा बैरियाबाट मोटरसाइकलमा वीरगंज आउने क्रममा उनी चढेको ना १२ प ५३९७ नम्बरको मोटरसाइकलाई वीरगंजबाट पोखरियातर्फ गइरहेको ना १ ज ८०२४ नम्बरको म्याजिक भ्यानले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।

भ्यान चालक फरार छन्। भ्यान भने प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकलमा सवार बिनले हेलमेट सिट पछाडि झुण्ड्याएको प्रहरीको भनाई छ। यस्तै भ्यान चालकको चालक अनुमतिपत्र नभएकाले भागेको हुनसक्ने प्रहरीको अनुमान छ।

वीरगंज–पोखरियाको गर्दौलभन्दा १ किलोमिटर पश्चिममा उक्त दुर्घटना भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell