PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

लहान: चोहर्वा–सिरहा सडक खण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित बलुवा चोकमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। 

स ४ प ४१० नं को मोटरसाइकल र स ७ प ६१८ नं को मोटरसाइकल एकापसमा ठोक्किदा स ४ प ४१० नं को मोटरसाइकल चालक धनुषाको सिहरा गाउँपालिका–७ भकुण्डे निवासी ३५ वर्षीय काशिन्दर महराको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते महराको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell