PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ने क पाको प्रदेश कमिटीले पायो पूर्णता, यी हुन् प्रदेश कमिटी सदस्यहरु:  असन्तुष्टि कायमै



विधुर ढकाल

ने क पाको प्रदेश कमिटीले पायो पूर्णता, यी हुन् प्रदेश कमिटी सदस्यहरु:  असन्तुष्टि कायमै

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले प्रदेश कमिटीका सदस्यहरुको नामावली सार्वजनिक गरेको छ।

मंसिर १२ गते सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालयको सत्रौं बैठकले सातवटै प्रदेश कमिटीहरुमा सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको थियो। तर, सचिवालय भित्र विवादका कारण नामावली सार्वजनिक हुन सकेको थिएन।

ने क पाले असोज ५ गतेको १३ औँ बैठकबाट प्रदेश कमिटीका अध्यक्ष र सचिवहरू नियुक्त गर्नुका साथै प्रदेशहरूका लागि इन्चार्ज र सह–इन्चार्ज जिम्मेवारी तोक्ने निर्णय गरेको थियो। योसँगै ने क पाको प्रदेश कमिटीले पूर्णता पाएको छ।

यसरी सार्वजनिक गरिएको नामावलीमा नवप्रवेशीहरुलाई समेत समावेश गरिएको छ।

एक नं. प्रदेश कमिटी

प्रदेश कमिटी सदस्य संख्या– २०७

प्रदेश कमिटीमा साविक नेकपा (एमाले) – १२२

साबिक नेकपा (माओवादी केन्द्र) – ८५

दुई नं. प्रदेश कमिटी

प्रदेश कमिटीको अधिकतम सदस्य संख्या – २१५,

साबिक नेकपा (एमाले) – १०६

साबिक नेकपा (माओवादी केन्द्र) – १०६

पार्टी एकतापछि प्रवेश गरेका– ३ जना

ने क पाको प्रदेश दुई कमिटीमा निर्वाचन अगाडि तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका राजपाका नेताहरु जितेन्द्र चौधरी, विद्या सिन्हा, मोहमद कलिम, शिवशंकर शाह, देशभक्त पार्टीका केन्द्रीय अध्यक्ष मोहमद स्लाम, नेकपा मालेकी गंगा चौधरी, समाजवादी फोरमका सुखराम यादव, मालेका पोलिटव्यूरो सदस्य इन्द्रकुमार झा तत्कालिन एमालेको तर्फबाट ने क पाको प्रदेश कमिटीमा परेका छन्।

पार्टी एकता पश्चात ने क पामा प्रवेश गरेका राष्ट्रिय जनता दल पिछडावर्ग महासंघका तीन जना पनि प्रदेश कमिटीमा परेका छन्। जसमध्ये तेजप्रसाद सहनी छन्। उनी पूर्वराज्यमन्त्री मेघराज निषादका छोरा हुन भने केन्द्रीय अध्यक्ष भरत महतो र सदस्य मनाही महतो पनि प्रदेश कमिटीमा परेका छन्।

तीन नं. प्रदेश कमिटी

प्रदेश कमिटीको अधिकतम सदस्य संख्या – २१७

प्रदेश कमिटीमा साबिक नेकपा (एमाले) – ११६

साबिक नेकपा (माओवादी केन्द्र) – १०१

यो प्रदेशमा निर्वाचन पूर्व एमालेमा प्रवेश गरेका नयाँ शक्ति र मालेका नेताहरुसमेत तत्कालिन एमालेको तर्फबाट परेका छन्। त्यस्तै चितवनमा निर्वाचन पूर्व प्रचण्डले पार्टी प्रवेश गराएका तत्कालिन राप्रपाका अध्यक्ष बद्री तिमिल्सिना पनि कमिटीमा परेका छन्।

गण्डकी प्रदेश कमिटी

गण्डकी प्रदेश कमिटीको अधिकतम् सदस्य संख्या – १८७

साविक एमाले – १०२

साविक माओवादी केन्द्र – ८५

पाँच नं. प्रदेश कमिटी

प्रदेश ५ कमिटीको अधिकतम् सदस्य संख्या – २०३

साविक एमाले – १०६

साविक माओवादी केन्द्र – ९७

निर्वाचन पूर्व तत्कालिन एमालेमा प्रवेश गरेका गणेश विश्वकर्म, यमुना भुसाल, मालेका पोलिटव्यूरो सदस्य तुलास केसी, राप्रपाकी केन्द्रीय सदस्य कोमल वेली, थारुहट पार्टीकी गंगा चौधरी सतगाँवा, राजपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वराज्यमन्त्री ओमप्रकाश यादव, राजपाका केन्द्रीय सदस्य  मिर्जा बेग पनि एमालेका तर्फबाट प्रदेश कमिटीमा परेका छन्।

कर्णाली प्रदेश कमिटी

कर्णाली प्रदेश कमिटीको अधिकतम् सदस्य संख्या – १७५

साविक एमाले – ८७

साविक माओवादी केन्द्र – ८८

सुदुरपश्चिम प्रदेश कमिटी

प्रदेश कमिटीको अधिकतम् सदस्य संख्या – १८३

साविक नेकपा (एमाले) – १००

साविक नेकपा (माओवादी केन्द्र) – ८३

निर्वाचन अगाडि तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका राप्रपाका केन्द्रीय सदस्य डम्बरबहादुर थापा, गणेश दत्त भट्ट,  मोहन थापा, पुस्करराज जोशी, राजेश भण्डारी र जिल्ला अध्यक्ष लालबहादुर कठायत पनि साविक एमालेबाट प्रदेश कमिटीमा प्रवेश गरेका छन् भने कैलालीका कर्ण कुवँरलाई कमिटीमा स्थान दिइएको छ। त्यस्तै बाजुरा कांग्रेसका जिल्ला सभापति मानवहादुर रावल पनि एमाले कोटाबाट प्रदेश कमिटीमा परेका छन्।

असन्तुष्टि कायमै

यता प्रदेश कमिटीको सदस्य चयन तथा प्रक्रियामा असहमति भने कायमै रहेको छ। प्रदेश कमिटीका सदस्यहरुको नाम टुंगो लगाउन गठित महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल सम्मिलित कार्यदलले बुझाएको नामावलीलाई मंसिर १२ गतेको सचिवालय बैठकले केही नाम थप गर्ने र केही हटाउने समझदारीसहित अनुमोदन गरेको थियो। यही नाममा पनि पूर्ण सहमति भने देखिएको छैन।

सचिवालयले टुंगो लगाएको नाममा वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालले असहमति जनाएका छन्। नेता खनाल सहमति भएको नाम स्थायी कमिटीको बैठकले अनुमोदन गराएर मात्र सार्वजनिक गर्नुपर्ने पक्षमा उभिएका थिए भने नेता नेपालको असन्तुष्टि समावेश नाममा नै रहेको ने क पा स्रोतले जनाएको छ।

यता केही स्थायकी कमिटीका नेताहरुले स्थायी कमिटीबाट अनुमोदन नहुँदा सम्म नामावली सार्वजनिक नगर्न दबाब दिएका थिए।

स्थायी कमिटीका सदस्य घनश्याम भुसालले सार्वजनिक रुपमै स्थायी कमिटीको बैठकले अनुमोदन नगरी सार्वजनिक गर्न नहुने बताउँदै आएका थिए। ‘पार्टी सचिवालयले छलफल गरे प्रदेश सदस्यहरूको नामावली तयार गरी स्थायी कमिटीमा पेस गर्ने हो,’ उनले भनेका थिए, ‘स्थायी कमिटीले अनुमोदन नगरी सार्वजनिक गर्नु विधान विपरित हुन्छ। विधान विपरित भए स्थायी कमिटीले त्यसलाई उल्ट्याउन समेत सक्छ।’

भुसालको भनाइमा अन्य स्थायी कमिटीका सदस्यहरु पनि रहेका छन्। स्थायी कमिटी सदस्य गणेश साहले स्थायी कमिटीमा छलफल गरी निर्णय गर्नुपर्ने बताए। ‘सचिवालयलाई निर्णय गर्ने वैधानिक अधिकार छैन्। उसले छलफलका लागि प्रस्ताव तयार गर्ने हो। यसरी तयार भएको प्रस्तावमा स्थायी कमिटीमा छलफल गरी निर्णय गर्नुपर्छ,’ उनले पहिलो पोस्टलाई बताए।

कुन प्रदेशमा को को?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell