PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एकान्तकुनामा स्कुटर दुर्घटना हुँदा ट्राफिक प्रहरीको मृत्यु



पहिलोपोस्ट

एकान्तकुनामा स्कुटर दुर्घटना हुँदा ट्राफिक प्रहरीको मृत्यु

काठमाडौँः ललितपुरको एकान्तकुनामा गएराति भएको सवारी दुर्घटनामा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ। दुर्घटनामा महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको स्कुटर गएराति साढे ९ बजे दुर्घटना भएको हो। सडकमा लडिरहेको अवस्थामा भेटिएका कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल जावलाखेल पुर्‍याएका थिए।

उनको उपचारको क्रममा राति १० बजे मृत्यु भएको हो। दुर्घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell