PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

संवैधानिक परिषद् बस्दैः प्रधानन्यायाधीशमा को होला सिफारिस, जोशी कि राणा?



पहिलोपोस्ट

संवैधानिक परिषद् बस्दैः प्रधानन्यायाधीशमा को होला सिफारिस, जोशी कि राणा?

काठमाडौँः भावी प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्दैछ। सोमबार बिहान ११ः३० बजे परिषद् बैठक बोलाइएको छ। न्याय परिषद्ले पठाएको रोष्टर अनुसार परिषद्ले वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबरामध्ये एकलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ।

वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल पुस १८ गतेदेखि सकिँदैछ। 

प्रधानन्यायाधीशको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सोमबार संवैधानिक परिषद् बस्न लागेको हो। 

संवैधानिक परिषद्को सिफारिसपछि प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुनेछ। 

जोशी यसअघि पनि संसदीय सुनुवाबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भइसकेका हुन्। जोशी यसअघि नै अस्वीकृत भइसकेका कारणको जानकारीसहितको विवरण नै न्याय परिषद्ले पठाएको थियो। एकपटक अस्वीकृत भइसकेका कारण जोशी पुनः प्रधानन्यायाधीशमा सिफारिस हुने सम्भावना न्यून छ। 

पढ्नुस्ः प्रधानन्यायाधीशमा जोशी अस्वीकृत, किन ? यस्तो छ नेकपा र कांग्रेस सदस्यको राय

न्यायाधीश राणाको सर्वोच्च प्रवेश पनि विवादास्पद नै थियो। हालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (न क पा) ले जोशीको विपक्षमा मतदान गरेको थियो। तत्कालीन एमाले र माओवादीमा रहेको हालको नेकपाका सदस्यहरू विपक्षमा उभिए पनि कांग्रेसको समर्थनमा राणाले सर्वोच्चमा इन्ट्री पाएका थिए। राणाको पक्षमा माओवादीका एक सदस्य टोपबहादुर रायमाझी पनि उभिएका थिए। 

 न्याय परिषद्ले गत साता विवरण पठाएको थियो। संवैधानिक व्यवस्था अनुसार सर्वोच्चमा कम्तीमा तीन वर्ष काम गरेको न्यायाधीश प्रधानन्यायाधीशका लागि योग्य हुनेछन्। हाल सर्वोच्चमा उक्त योग्यता पुगेका जोशी र राणामात्र हुन्।

पढ्नुस्ः प्रधानन्यायाधीशका लागि न्याय परिषदले पठायो दुई न्यायाधीशको नाम, सुनुवाइबाट अस्वीकृत जोशी पनि दौडमा

जोशी संवैधानिक इतिहासमा संसदीय सुनुवाइबाट अस्वीकृत हुने पहिलो पदाधिकारी पनि हुन्। दुई तिहाइ बहुमतले प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई अस्वीकृत गर्ने निर्णय गरेको थियो। सत्तारुढ नेकपा र फोरम नेपालको दुई तिहाइ बहुमत रहेको समितिबाट जोशी अस्वीकृत भएका थिए। समितिमा भएका मतदानमा जोशीको पक्षमा शून्य र विपक्षमा १० मत परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell