PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

धादिङमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु



धादिङमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

धादिङ: पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका - ६ दशकिलोमा आज बिहान बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। 

मृत्यु हुनेमा गजुरी गाउँपालिका निवासी ५५ वर्षीय मोटरसाइकल चालक नारायणकाजी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। दुर्घटनामा मोटरसाइकल पछाडि बसेका ४२ वर्षीया धनकुमारी भण्डारी रहेको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। 

धादिङबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८३९५ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३६ प ८३५७ नं को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell