PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चिनियाँ अनुसन्धानकर्ताले दाबी: विश्वमै पहिलोपटक 'जीन' सम्पादित बच्चा



पहिलोपोस्ट

चिनियाँ अनुसन्धानकर्ताले दाबी: विश्वमै पहिलोपटक 'जीन' सम्पादित बच्चा

एक चिनियाँ अनुसन्धानकर्ताले आफूले विश्वमा पहिलोपटक 'जेनिटिकल्ली इडिटेड' (सम्पादित) बच्चाहरु जन्माउन सहयोग गरेको दाबी गरेका छन्। यसै महिना दुर्इ जुम्ल्याहा बालिकाहरूको डिएनएलार्इ 'जीवनको ब्लू प्रिन्ट'बाट पुनर्लेखन गर्न सक्ने शक्तिशाली उपकरणको माध्यमबाट परिवर्तन गरेको उनले बताएका छन्।

यदि ती अनुसन्धानकर्ताको दाबी सत्य भएमा त्यो विज्ञानको क्षेत्रमा ठूलो उपलब्धि हुनेछ।

अमेरिकी वैज्ञानिकहरूका अनुसार जीन सम्पादन अमेरिकामा प्रतिबन्धित रहेको छ। त्यस प्रकारको सम्पादनले भावी पुस्तामा डिएनए हस्तान्तरणमा परिवर्तन ल्याउँछ र अरु जीनलार्इ हानी पुर्‍याउन सक्छ। मूलधारका वैज्ञानिकहरूले त्यस प्रकारका अनुसन्धान असुरक्षित रहेको बताएका छन्। यस्तै उनीहरूले चीनले गरेको उक्त प्रयोग 'मानवीय प्रयोग नरहेको' समेत जिकिर गरेका छन्।

सेन्जहेनका अनुसन्धानकर्ता हि जियानकुइले प्रजनन उपचारका क्रममा आफूले सात जोडीको भ्रूणहरू परिवर्तन गरेको बताए। आफ्नो उद्देश्य वंशानुगत रोगहरूको उपचार वा रोकथाम गर्ने नरहेको बताउने जियानकुइले एचआइभी, एड्स जस्ता भाइरससँग केही व्यक्तिहरू भविष्यमा लड्न सकुन भनेर प्रयास गरेको बताए।

उनले यस कार्यमा सहभागी भएका अभिभावकहरुले आफ्नो पहिचान खुलाउन नचाहेको र आफूले पनि तिनीहरु कहाँ बस्छन् वा कहाँ त्यो काम सम्पन्न गरिएको भन्नेबारे नबताउने बताए।

जियानकुइले गरेको दाबीको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन भने विज्ञहरूको रायसहित कुनै जर्नलमा प्रकाशित पनि भएको छैन। जीन सम्पादन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा उनले आयोजकलार्इ यसबारे पहिलोपटक बताएका थिए।

उनले भने, 'मैले यसलार्इ पहिलो प्रयोगका रुपमा भन्दा पनि उदाहरणका रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छु। यसलार्इ निरन्तरता दिने वा प्रतिबन्ध लगाउने भन्ने बारेमा समाजले निर्णय गर्नेछ।'

केही वैज्ञानिकहरू उनको दाबी सुनेर चकित बनेका थिए र त्यसको बिरोध गरेका थिए।

'यो धेरै असहज कुरा हो। नैतिक रूपमा मानवमाथि गरिने उक्त अनुसन्धानको समर्थन गर्न सकिँदैन' जेनेटिक जर्नलका जीन सम्पादन विज्ञ डा. किरण मुसुनुरुले भने।

यस्तै क्यालिफोर्नियाको स्क्रिप रिसर्च ट्रान्सलेसनल इन्स्टिच्युटका डा. इरिक टोपोल भन्छन् 'यो परिपक्व छैन। हामी मानवहरु सञ्चालन हुने विधिका बारे कुरा गर्दैछौँ। यो निकै ठूलो कुरा हो।'

जीन सम्पादन मानव स्वास्थ्यका लागि निकै हानिकारक हुन सक्ने भन्दै हार्वर्ड विश्वविद्यालयका जर्ज चर्चले जीन सम्पादनको प्रयासमा भएको अनुसन्धान उचित भएको भन्दै जियानकुइले गरेको दाबीको बचाउ गरे।

केही वर्षअघि मात्रै 'सीआर आइएसपी आर-सीएएस ९' नामक उपकरणको सहायताबाट मानिसको शरीरमा डिएनएको सञ्चालनका लागि चाहिने जीन प्रदान गर्न वा समस्या उत्पन्न गराइरहेको जीनलार्इ बन्द गर्ने जीन सम्पादन प्रविधिको विकास गरिएको थियो।

प्राणघातक रोग लागेका युवाहरूमा यो प्रविधिको प्रयोग केही समयअघि मात्रै भएको थियो। उक्त प्रविधिबाट भएको परिवर्तन ती व्यक्तिहरूमै मात्र सीमित रहेको छ। वीर्य वा भ्रूण सम्पादन गर्नु भिन्न कुरा हो। यसबाट आउने परिवर्तन वंशाणुगतभन्दा फरक हुनसक्छ। चीनमा 'मानव क्लोनिङ' गर्न प्रतिबन्ध लगाइए पनि जीन सम्पादन गर्न भने रोक छैन।

जियानकुइले चीन फर्केर सेनजेनस्थित साउथ्रन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा प्रयोगशाला खोल्नु भन्दाअघि अमेरिकाको राइस एन्ड स्टयान्डफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका थिए। त्यहाँ उनको दुर्इ जेनेटिक कम्पनी समेत रहेको छ।

उक्त प्रयोगशालामा जियानकुइले धेरै वर्षसम्म मुसा, बाँदर र मानव भ्रूणको सम्पादन गरी अनुसन्धान सुरु गरेका थिए। उनले यस प्रयोगका लागि 'पेटेन्ट' लिन समेत आवेदन दिएका थिए।

चीनमा एचआइभी ठूलो समस्याका रुपमा रहेकाले लागि आफूले भ्रूण छनोट गरेको जियानकुइले बताए। त्यसले एचआइभी सङ्क्रमण हुँदै एड्स हुनसक्ने भाइरस फैलिन सहयोग गर्ने जीन सीसीआर ५ लार्इ रोक्न सक्ने बताए।

अनुसन्धानमा सहभागी भएका सबै पुरुषहरु एचआइभी संक्रमित थिए भने महिलाहरूमा भने संक्रमण थिएन। तर जीन सम्पादन गरिरहँदा संक्रमण हुने सम्भावना पूर्ण न्यूनीकरण गर्नेतर्फ भने अनुसन्धान सञ्चालन नगरिएको उनले बताए।

बुवाहरूले एचआइभीका लागि प्रयोग गरिने औषधिहरू प्रयोग गरेको र जीन सम्पादनबाट सन्तानहरुमा त्यसको संक्रमण हुन नदिन भूमिका खेल्छ। जियानकुइले सुरु गरेको अनुसन्धानको उद्देश्य पनि त्यही हो।

जियानकुइले प्रदान गरेको सामाग्रीहरुको अध्ययन गरेका वैज्ञानिकहरुले उक्त अनुसन्धान हानिकारक नभएको भन्न नसकिने बताएका थिए। जीन सम्पादन प्रक्रिया अपूर्ण रहेको र धेरै परिवर्तनहरुबीच एउटा 'ट्वीन' देखा पर्ने उनीहरुको तर्क थियो। चर्चले भने 'यो त सम्पादन नै नगरिएको जस्तै देखियो। केही कणहरु परिवर्तन गर्दैमा एचआइभी संक्रमण हुन सक्दैन भन्नु असम्भव हो।'

चीनका अनुसन्धानकर्ताहरूले जीनका प्रतिहरु परिवर्तन नगरिएको बारे थाहा भएको बताएकाले गर्भावस्था भएको बेला एउटा भ्रुणलार्इ अर्को भ्रूणसँग मिलाउन कार्यप्रति नै चर्च र मुसुनुरुले प्रश्न उठाएका छन्। चर्चका अनुसार जियानकुइको अनुसन्धान एचआइभीलार्इ रोक्नुभन्दा जीन सम्पादनमाथि केन्द्रित रहेको छ।

जीन सम्पादनले राम्ररी काम गरे पनि सामान्य रूपमा 'सीसीआर ५' जीन भएका व्यक्तिहरुमा 'फ्लू, निल वेस्ट' जस्ता भाइरस लाग्न सक्ने सम्भावना रहेको हुन्छ। एचआइभी संक्रमण हुनबाट बच्न र त्यसलार्इ रोक्न धेरै प्रविधि रहेकाले अरु प्रयासहरु हानिकारक हुन सक्ने मुसुनुरुले बताए।

जियानकुइले अनुसन्धान सुरु गरेको प्रक्रिया र सहभागीहरूले के का लागि उक्त अनुसन्धान गर्न लागिएको हो भन्ने बारेमा नै राम्ररी जानकार नरहेको हुनसक्ने बताइएको छ। उदाहरणका लागि सहभागीहरुलार्इ 'एड्स भ्याक्सिन डेभलप्मेन्ट' प्रोग्राम भनी फर्म भर्न लगाइएको थियो।

तर, जियानकुइले भने सहभागीहरुलार्इ आफ्नो अनुसन्धानको उद्देश्यबारे प्रस्ट पारेको र भ्रूण जीन सम्पादन पहिला कहिल्यै नभएको र त्यसमा खतरा हुनसक्ने बताएको भनेका छन्। यसका साथै उनले अनुसन्धानमार्फत् निर्माण गरिने भ्रूणको सहायताले जन्माइने बच्चाहरूको इन्स्युरेन्स गर्ने र उनीहरूले मानेको खण्डमा १८ वर्ष हुँदासम्म मेडिकल फलोअप गर्ने बताए।

अनसुन्धानको प्रगतिबारे अध्ययन नगरी र वैज्ञानिकहरूले यसको प्रयोगबारे सहमति नदिएसम्मका लागि भने हालका लागि गर्भावस्था गराउने स्थगित गरिएको छ। भ्रूण लिइएको भनिएको केही अस्पतालका कर्मचारीहरुलार्इ समेत अनुसन्धानको प्रक्रियाका बारेमा धेरै थाहा दिइएको थिएन। जियानकुइले भने सहभागीहरूको एचआइभी संक्रमणबारे सूचना सार्वजनिक हुने खतरा रहेकाले यस्तो गरिएको बताए।

हार्मोनिकेयरका व्यवस्थापक लिन हिटोङकले यसलार्इ नैतिकरुपमा ठिक भएको बताए। एक 'इमब्रायोलोजिस्ट'ले आफूले वीर्य पखालेको र गर्भावस्था प्रयासमा जीन सम्पादन उपकरण लगाएको पुष्टि गरेका थिए।

यस प्रकारको अनुसन्धानले परिवार र बच्चाहरुलार्इ सहयोग हुने हिटोङकले बताए। यसले नकारात्मक प्रभाव पारेको खण्डमा त्यसबाट आफू पनि दुःखी हुने त्यसको जिम्मेवार आफू हुने उनले बताए।

अनुवादः एपीन्युज डटकम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell