PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सूर्यविनायक-धुलिखेल सुरुङमार्ग निर्माणबारे छलफलका लागि जापानी टोली नेपालमा, ऋण सम्झौता वैशाखमा



दिनेश खड्का

सूर्यविनायक-धुलिखेल सुरुङमार्ग निर्माणबारे छलफलका लागि जापानी टोली नेपालमा, ऋण सम्झौता वैशाखमा

काठमाडौंः अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्म ८ लेनको सडक तथा सुरुङमार्ग निर्माणको ऋण सम्झौता ६ महिनापछि हुने भएको छ।

सुरुङमार्ग निर्माणका बारेमा छलफल गर्न आइतबार जापानबाट एक टोली नेपाल आएको छ। त्यही टोलीसँगको छलफलमा ऋण सम्झौता वैशाखमा गर्ने जानकारी दिएको सडक विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए।

जापानी टोलीसँग ऋणको मोडालिटीका बारेमा छलफल हुनेछ। यो छलफल तीन दिनसम्म चल्नेछ। जापानबाट आएको टोलीमा प्राविधिक समेत छन्। उनीहरु सहमत भए डिसेम्बरमा द्धिपक्षीय छलफल हुनेछ।

बढ्दो सवारी दुर्घटना र ट्राफिक जाम न्यूनीकरण गर्ने उदेश्यले सूर्यविनायक धुलिखेल सडकखण्ड विस्तार गरेर ८ लेनको बनाउन लागिएको हो। करिब १६ किलोमिटर यो सडक विस्तारका गर्न प्रारम्भिक सर्भे समेत भैसकेको छ। जापान अन्तर्राष्ट्रिय नियोग ९जाइका०ले  सडक विस्तार तथा सुरुङमार्ग निर्माण गर्नका लागि प्रारम्भिक सर्भे रिपोर्ट तयार पारेको हो।

प्रारम्भिक रिपोर्ट अनुसार सडक विस्तार गर्न र सुरुङमार्ग निर्माण गर्नका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जापानले ०.२ प्रतिशत ब्याजदरमा ऋण दिने प्रतिबद्धता जनाएको छ। जापानसँग ऋण सम्झौता भएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिनेछ। जापान सरकारको सहयोगमै निर्माण गरिएको उक्त सडक जोड्ने कोटेश्वर-सूर्यविनायक सडक खण्ड ६ लेनको छ।

सडक निर्माण थालेको तीन वर्षमा सडक विस्तार र सुरुङमार्ग निर्माण सक्ने लक्ष्य राखिएको श्रेष्ठले बताए। महाशाखाका अनुसार भक्तपुरको पलाँसेबाट धुलिखेलतिर जाने बाटो घुमाउरो छ। पलाँसे नजिकैको गणेश मन्दिर छेउबाट धुलिखेलतिर सुरुङमार्ग निर्माण गर्न लागिएको हो। श्रेष्ठका अनुसार सुरुङमार्ग दुर्इमुखे हुनेछ।

धुलिखेलतिर जान र आउनका लागि दुर्इ वटा सुरुङमार्ग हुनेछन्। एउटा सुरुङमार्गको चौडार्इ ९ मिटर बराबरको हुनेछ। सुरुङमार्गमा दुर्इवटा ३.५ र ३.५ मिटरको हुनेछ भने २ मिटर स्पेश छोडिनेछ। सुरुङमार्गको लम्वार्इ करिब १.३ र १.३ किमी हुने छ। यो सडक विस्तार र सुरुङमार्ग बनेपछि अरनिको र कोदारी राजमार्ग र  वीपी राजमार्ग हुँदै जान आउन सहज हुनेछ।बारेमा छलफल गर्न आइतबार जापानबाट एक टोली नेपाल आएको छ। त्यही टोलीसँगको छलफलमा ऋण सम्झौता वैशाखमा गर्ने जानकारी दिएको सडक विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए।

जापानी टोलीसँग ऋणको मोडालिटीका बारेमा छलफल हुनेछ। यो छलफल तीन दिनसम्म चल्नेछ। जापानबाट आएको टोलीमा प्राविधिक समेत छन्। उनीहरु सहमत भए डिसेम्बरमा द्धिपक्षीय छलफल हुनेछ।

बढ्दो सवारी दुर्घटना र ट्राफिक जाम न्यूनीकरण गर्ने उदेश्यले सूर्यविनायक धुलिखेल सडकखण्ड विस्तार गरेर ८ लेनको बनाउन लागिएको हो। करिब १६ किलोमिटर यो सडक विस्तारका गर्न प्रारम्भिक सर्भे समेत भैसकेको छ। जापान अन्तर्राष्ट्रिय नियोग ९जाइका०ले  सडक विस्तार तथा सुरुङमार्ग निर्माण गर्नका लागि प्रारम्भिक सर्भे रिपोर्ट तयार पारेको हो।

प्रारम्भिक रिपोर्ट अनुसार सडक विस्तार गर्न र सुरुङमार्ग निर्माण गर्नका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जापानले ०.२ प्रतिशत ब्याजदरमा ऋण दिने प्रतिबद्धता जनाएको छ। जापानसँग ऋण सम्झौता भएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिनेछ। जापान सरकारको सहयोगमै निर्माण गरिएको उक्त सडक जोड्ने कोटेश्वर-सूर्यविनायक सडक खण्ड ६ लेनको छ।

सडक निर्माण थालेको तीन बर्षमा सडक विस्तार र सुरुङमार्ग निर्माण सक्ने लक्ष्य राखिएको श्रेष्ठले बताए। महाशाखाका अनुसार भक्तपुरको पलाँसेबाट धुलिखेलतिर जानेबाटो घुमाउरो छ। पलाँसे नजिकैको गणेश मन्दिर छेउबाट धुलिखेलतिर सुरुङमार्ग निर्माण गर्न लागिएको हो। श्रेष्ठका अनुसार सुरुङमार्ग दुर्इमुखे हुनेछ।

धुलिखेलतिर जान र आउनका लागि दुर्इ वटा सुरुङमार्ग हुनेछन्। एउटा सुरुङमार्गको चौडार्इ ९ मिटर बराबरको हुनेछ। सुरुङमार्गमा दुर्इवटा ३.५ र ३.५ मिटरको हुनेछ भने २ मिटर स्पेश छोडिनेछ। सुरुङमार्गको लम्वार्इ करिब १.३ र १.३ किमी हुने छ। यो सडक विस्तार र सुरुङमार्ग बनेपछि अरनिको र कोदारी राजमार्ग र  वीपी राजमार्ग हुँदै जान आउन सहज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell