PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नासाको 'मार्स इन्साइट' यान मंगलग्रहमा अवतरण गर्दै



नासाको 'मार्स इन्साइट' यान मंगलग्रहमा अवतरण गर्दै
फोटो: नासा

लस एन्जलस: वैज्ञानिकहरु करिब एक अर्ब अमेरिकी डलरको 'मार्स इन्साइट' यान सोमबार मंगलग्रहमा अवतरण गर्ने कुराबाट अत्यन्त उत्साहित भएका छन्। 

मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मंगलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने भन्ने थाहा पाउनु हो। 

मानव रहित यो अन्तरिक्ष यान करिब सात महिना पहिले प्रक्षेपण गरिएको थियो। पृथ्वीको सबैभन्दा नजिकको यो ग्रहमा पदार्पण गर्ने नासाको यो पहिलो प्रयत्न सफल हुनेमा उनीहरु आशावादी छन्। सन् २०१२ मा क्युरिओसिटी रोभर बनेपछि वैज्ञानिकमा नयाँ आशा पलाएको हो। 

यसअघि मंगलग्रहमा पुग्न ४३ भन्दा बढी पटक प्रयत्न गरिएको थियो। विश्वका अन्य मुलुकबाट गरिएका प्रयत्न समेत असफल भएका थिए। 

नासाले तयार गरेको नयाँ रोभरले मात्र पछिल्लो सफलता हासिल गर्न लागेको हो। यो अभियानले सन् २०३० को दशकमा मानवलाई मंगलग्रहमा पठाउने मार्गप्रशस्त गर्ने नासाका वैज्ञानिकहरुको अपेक्षा छ। 

नासाका एकजना प्रबन्धक थोमस जुर्बुचेनले आफूहरुले मंलग्रहको यात्रालाई सामान्य रुपमा कहिल्यै नलिएको बताउँदै यो साँच्चिकै कठिन यात्रा हो बताए। 

मंगलग्रहको कक्षमा प्रवेश गर्ने, ओर्लन थाल्ने र अवतरण गर्ने चरण स्थानीय समय अनुसार बिहान ११ बजेर ४७ मिनेटमा प्रारम्भ हुनेछ। यसको सम्पूर्ण नियन्त्रण क्यानिफोर्नियास्थित पासाडेनाको जेट प्रपोल्सन ल्याब्रेटरीबाट हुनेछ। 

बन्दुकको गोलीभन्दा तिब्र गति अर्थात् १९ हजार ८०० किलोमिटर प्रतिघण्टाको बेगमा रहने यो यानलाई मंगलग्रहको वातावरण छिचोल्न निकै कठिन हुने वैज्ञानिकहरुको अनुमान छ। वायुमण्डलसँगको घर्षणका कारण यानको बाहिरी तापमान करिब एक हजार ५०० डिग्री सेल्सियस पुग्नेछ, र रेडियो संकेत समेत केही समय अबरुद्ध हुनेछ। 

मंगलग्रहमा यान अवतरण गर्नासाथ बाहिरी तापमान अबरोधक हट्नेछ, यानको तीनवटा खुट्टा देखिनेछ र प्यारासुट निस्कन्छ भुईंतिर तिब्र गतिमा रहने यो यान जमिनको सतहमा पुग्ने बेलामा गति नियन्त्रणमा आउनेछ । करिब ३६५ किलोग्रामको यो यानको गति जमिन सतहमा पुग्दा ८ किलोमिटर प्रतिघण्टामा हुनेछ। रासस/एएपपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell