PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निर्मलाका बुबाको प्रारम्भिक रिपोर्टमा देखियो 'मेनिया' : आखिर भएको के हो? 



निर्मलाका बुबाको प्रारम्भिक रिपोर्टमा देखियो 'मेनिया' : आखिर भएको के हो? 

काठमाडौं: धनगढीदेखि काठमाडौं उपचार गर्न ल्याएका निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई 'मेनिया' नामक मानसिक रोग देखिएको डा तीर्थमान श्रेष्ठले बताएका छन्। अहिले पन्तलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आइसियूमा भर्ना गरिएको छ। भिडभाड हुने भएकाले उनलाई आइसियूमा राखिएको उपचारमा संग्लग्न चिकित्सक श्रेष्ठले बताए। 

'सिटीस्क्यान गर्दा मष्तिष्कमा कुनै समस्या देखिएको छैन, तर लक्षणहरुले मेनिया भएको देखाएको छ, ' श्रेष्ठले भने,  'खुट्टा मर्किएको र छातीमा समस्या पनि देखिएको छ।'

श्रेष्ठको अनुसार पन्तको उपचार भइरहेको छ। सबै रिपोर्टहरु आएपछि विस्तृतमा थाहा हुनेछ। भन्छन्, 'रिपोर्ट नआइकन विस्तृतमा के भएको भन्न सकिन्न।'

मनोविश्लेषकहरुका अनुसार मेनिया रोग डिप्रेसनको उल्टो खालको रोग हो। यस्ता बिरामीहरु म ठूलो मान्छे हूँ, म प्रसिद्व व्यक्ति हूँ भनेर हिड्छन्। उनीहरुमा घमण्ड गर्ने बानी हुन्छ। उनीहरुले भनेको नमान्दा पिट्नेसमेत गर्छन्।

मनोविश्लेषक गोपाल ढकालका अनुसार यस्ता रोगीहरुले आफुलाई देउता चढेको बताउने  र शक्तिमान भएको बताउने गर्छन्। ढकालले भने, 'यस्ता रोगीहरु यौन दुर्व्वहारमासमेत फसेका उदाहरण छन्। उनीहरु असम्भव कुरा गर्ने र चर्चित हूँ भन्दै हिड्छन्।'

यस्ता रोगीहरुले राम्रो लुगा लगाउनु पर्ने, मीठो खाना माग्ने तथा पैसा माग्ने र झगडा गर्ने गर्दछन्। कहिले 'मेनिया' हुने र कहिले डिप्रेसन देखिने यस्ता रोगलाई बाइपोलर एफेक्टिभ डिसअर्डर भनिने ढकाल बताउँछन्। ढकालले भने, 'यस्तै रोगीहरुको लक्षण नै असम्भव असम्भव कुरा गर्नु र आफु सबैभन्दा शक्तिशाली भएको बताउँदै हिड्नु हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell