PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

झापाको शिवसताक्षीमा आगलागी, सुतेकै अवस्थामा एकै परिवारका चार जनाको मृत्यु



पहिलोपोस्ट

झापाको शिवसताक्षीमा आगलागी, सुतेकै अवस्थामा एकै परिवारका चार जनाको मृत्यु
प्रतीकात्मक तस्विर, घटनासँग तस्विर सम्बन्धित छैन

भद्रपुरः झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित गएराति आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा खनाल र चार महिनाको शिशु टीकाराम खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए।

खाना खाएर सुतिसकेपछि सो घरमा आगलागी भएको र आगलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक ढकालले बताए।

आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल सख्त घाइते भएकी छन्। उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको बताइएको छ। काठको घरमा परिवारका सदस्य सुतेको र भुइँतलामा थ्रेसर राख्ने गरिएको थियो।

विभिन्न नगरपालिकाबाट आएको दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell