PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चिकित्सा शिक्षा विधेयकमा छलफल सुरु



चिकित्सा शिक्षा विधेयकमा छलफल सुरु

काठमाडौं: संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन चिकित्सा शिक्षा विधेयकबारे आइतबारदेखि छलफल सुरु भएको छ। स्वास्थ्य तथा शिक्षा उपसमितिको आजको बैठकमा प्रस्तावनादेखि दफा १६ सम्मका संशोधन माग कर्ता सांसदसँग छलफल गरिएको संसदको शिक्षा तथा स्वास्थ्य समितिको सभापति जयपुरी घर्तीले जानकारी दिइन्।  भोलि पनि बैठक बसेर टूंगो नलागेका कुराहरूमा छलफल गर्ने उनले बताइन्। 

संसदको हिउँदे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभएपछि डा गोविन्द केसी आक्रोशित बनेका थिए। उनले पटक पटक अनसन बस्ने चेतावनी दिँदै शिक्षामन्त्री गिरिराजमणी पोखरेलको 'ब्ल्याकमेलिङ'का कारण विधेयक पारित नभएको जनाएका थिए।

त्यसको लगत्तै संसदको शिक्षा तथा स्वास्थ्य समितिले अध्ययनका लागि तीन वटा उपसमिति गठन गरेको थियो। त्यसअन्तर्गत नै आजको छलफल भएको हो। उपसमितिले विधेयक अध्यन गरेर शिक्षा तथा स्वास्थ्य समितिलाई प्रतिवेदन बुझाउँछ।

समितिमा २१ साउनदेखि नै दफावार छलफल भएर उपसमितिसमेत गठन भए पनि विधेयक टुंगोमा पुग्न सकेको छैन। सरकारले डा. केसी १५औँ अनशनमा रहेका बेला ११ असारमा प्रतिनिधिसभामा विधेयक दर्ता गरेको थियो। विधेयक १३ साउनमा संसद्मा सामान्य छलफल भएपछि समितिमा गएको थियो। समितिमा विभिन्न चरणमा सरोकारवाला पक्षसँग छलफल भए पनि बर्खे अधिवेशन अगावै विधेयक टुंग्याउने गरी समितिलाई दबाब परेको थियो। तर, उपसमितिको बैठकसमेत समयमा बस्न सकेको थिएन। 

सोही बेला डाक्टर केसीले विधेयक पारित गराउन शिक्षामन्त्री गिरिराजमणी पोखरेलले 'ब्ल्याकमेल' गरेको अभिव्यक्ति दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell