PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘नेपाल लिटरेचर फेस्टिभल’को कर्टेन रेजर सम्पन्न  



पहिलोपोस्ट

‘नेपाल लिटरेचर फेस्टिभल’को कर्टेन रेजर सम्पन्न  

काठमाडौँ: नेपाल लिटरेचर फेस्टिभल २०१८ को कर्टेन रेजर कार्यक्रम सम्पन्न भएको छ। बुकवर्म फाउन्डेसनको आयोजना रहेको फेस्टिभल अन्तर्गतको पहिलो चरणमा भारतीय लेखक गुरचरणदासको मन्तव्य केन्द्रमा रह्यो।

उनले कार्यक्रममा पुस्तक ‘काम : द रिडल अफ डिजायर’माथि टिप्पणी गरे। गर्दै लेखक दासले भने,‘अर्थपूर्ण जीवनयापन गर्न सक्ने तीन उद्देश्य धर्म,अर्थ र कामलाई आफ्ना पुस्तकहरुमा चर्चा गर्ने गरेको छु।‘

धर्म भनेको नैतिक स्वास्थ्य हो। अर्थ भनेको भौतिक सुखसुविधा र तेस्रो काम हो।

पहिलो किताब ‘इन्डिया अनबाउन्ड’मा भौतिक समृद्धि, दोस्रो किताब ‘द डिफिकल्टी अफ बिइङ गुड’मा हाम्रो र देशको नैतिक जीवनको चर्चा गरेको बताए। साथै पछिल्लो किताब ‘काम : द रिडल अफ डिजायर’मा आफूले तृष्णाको चर्चा गरेको जानकारी दिए। 

सांगीतिक प्रस्तुति समेत रहेको कार्यक्रममा धर्मेन्द्र सेवानले चारवटा गीत गाए।

कार्यक्रमका विशेष अतिथि संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले देशको साहित्यिक महोत्सव आयोजनाका लागि बुकवर्म र आइएमईलाई धन्यवाद व्यक्त गरे। भने,‘देशको समग्र समृद्धिका लागि आर्थिक विकास मात्र पर्याप्त हुँदैन। यसका लागि कला,साहित्य एवम् संस्कृतिको समृद्धि पनि आवश्यक हुने भएकाले नेपाल लिटरेचर फेस्टिभल जस्ता महोत्सव भइराख्नुपर्छ।‘

कार्यक्रममा लेखक शिवानीसिंह थारुले साहित्यिक उत्सव र सम्मेलनहरु आवश्यकता रहेको जनाउँदै भनिन्,’नेपाल लिटरेचल भेस्टिभलले नेपाली साहित्यलाई विश्व साहित्यसँग जोड्न सक्छ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell