PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

महासमिति नजिकिँदा पौडेल भने जिल्ला दौडाहाको तयारीमा



महासमिति नजिकिँदा पौडेल भने जिल्ला दौडाहाको तयारीमा
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश नम्बर ४ र ५ का विभिन्न जिल्लाको भ्रमणको तयारीमा जुटेका छन्। महासमिति बैठकको रस्साकस्सी चलिरहेका बेलामा वरिष्ठ नेता पौडेल भने जिल्ला भ्रमणमा निस्कन लागेका हुन्।

पौडेलले मंसिरको १४ गते पोखराबाट विभिन्न जिल्ला भ्रमणको कार्यक्रम तय गरेको उनका सहयोगी चिरिन्जवी अधिकारीले जानकारी दिए। वरिष्ठ नेता पौडेल मंसिर १४ गते पोखरा र स्याङजामा हुने कार्यक्रममा सहभागी हुनेछन्। पोखरामा पार्टी निकट स्वास्थ्यकर्मी संघको प्रदेश नम्बर चारको प्रदेश अधिवेशन उदघाटन गर्ने कार्यक्रम तय भएको छ।

त्यसैगरी सोही दिन दिउँसो २ वजे स्याङजामा कार्यकर्ता भेटघाटको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको अधिकारीले बताए। वरिष्ठ नेता पौडेल १५ गते पाल्पामा कार्यकर्ता भेटघाट र १६ गते कपिलबस्तुको चन्द्रौटामा कार्यकर्ता भेटघाट गरि रुपन्देही पुग्ने कार्यक्रम छ। १७ गते पार्टी निकट भुतपूर्व सैनिक संघको प्रदेश नम्बर ५ को प्रदेश स्तरीय भेलालाई रुपन्देहीमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell