PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेशन्स कप : पोर्चुगल र पोल्याण्डले खेले बराबरी, स्वीडेन लिग ए मा बढुवा



पहिलोपोस्ट

नेशन्स कप : पोर्चुगल र पोल्याण्डले खेले बराबरी, स्वीडेन लिग ए मा बढुवा
PHOTO : UEFA

युइएफए नेशन्स कप अन्तर्गत लिग ए को अन्तिम खेलमा पोर्चुगल र पोल्याण्डले बराबरी खेलेका छन्। समूह सी बाट यसअघि नै समूह विजेता बनेर अन्तिम चारमा पुगिसकेको पोर्चुगलले पोल्याण्ड १-१ को बराबरी खेलेको हो। पोल्याण्ड भने यसअघि नै लिग बी मा घटुवा भइसकेको छ।

आन्द्रे शिल्भाले ३४औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई पहिले अग्रता दिलाएका थिए। तर ६३औँ मिनेटमा ड्यानिएल परेराले रातो कार्ड पाएपछि पोर्चुगल दश खेलाडीमा झर्‍यो भने पोल्याण्डले पेनाल्टी पायो। परेरलाले डि बक्स भित्र पोल्याण्ड अर्काडिउस मिलिकलाई फल गरेका थिए।

उनै मिलिकले पेनाल्टीबाट पोल्याण्डका लागि बराबरी गोल फर्काए।

यस्तै रसियालाई २-० ले पराजित गर्दै स्वीडेन लिग बी बाट लिग ए मा बढुवा भएको छ। स्वीडेनको लागि भिक्टोर लिन्डलोफ र मार्कोस बर्गले गोल गरे।

जितपछि स्वीडेन र रसियाको समान ७ अंङ्क भएपनि गोल अन्तरमा अगाडि रहँदै स्वीडेन समूह विजेता बनेको हो।

अर्को सिजनको लागि स्वीडेनसँगै युक्रेन, बोस्निया एण्ड  हर्जगोभिना र डेनमार्क लिग ए मा बढुवा भएका छन्।

लिग ए बाट जर्मनी, क्रोएसिया, पोल्याण्ड र आइसल्याण्ड लिग बी मा घटुवा भइसकेका छन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell