PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

अवैध रुपमा नदीजन्य वस्तु उत्खनन् गर्दागर्दै ३९ ट्याक्टर अख्तियारको नियन्त्रणमा



पहिलोपोस्ट

अवैध रुपमा नदीजन्य वस्तु उत्खनन् गर्दागर्दै ३९ ट्याक्टर अख्तियारको नियन्त्रणमा

बाँकेः राप्ती नदीमा भइरहेको नदीजन्य वस्तुको अवैध दोहन रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाएको छ।

राप्ती नदीबाट अवैधरुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको उजुरी परेपछि अख्तियारले सक्रियता देखाएको सूचना अधिकारी निराजन शर्माले जानकारी दिए। आयोगको कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेसहित पुगेको प्रहरी टोलीले राप्ती नदी किनारस्थित बनकट्टी नजीकैबाट ३९ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए।

अख्तियारले सक्रियता देखाएको भए पनि कारवाहीका लागि प्रहरीको कार्यक्षेत्रमा पर्ने जानकारी दिँदै सूचना अधिकारी शर्माले अनुसन्धानका क्रममा जिससको संलग्नता पाइए भ्रष्टाचारको मुद्दा चलाइने बताए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बालुवा भरिरहेका ट्याक्टर नियन्त्रणमा लिइएको जानकारी दिए। नियन्त्रण गरिएका ट्याक्टर जीर्ण सडकका कारण बीच बाटोमै फसेकाले सदरमुकाम ल्याउन कठिनाइ भएको उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell