PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नेपालमा कति महँगिए गाडी? सीसीअनुसार अन्तशुल्क निर्धारण भएपछि यसरी बढ्यो भाउ



वसन्तराज उप्रेती

नेपालमा कति महँगिए गाडी? सीसीअनुसार अन्तशुल्क निर्धारण भएपछि यसरी बढ्यो भाउ

काठमाडौं : नेपाल अटोमोवाइल डिलर संघ(नाडा)ले सवारी साधनको अधिकतम मूल्यसूची(एमआरपी) सार्वजनिक गरेको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सीसी अनुसार अन्तशुल्क निर्धारण गरेपछि संघले एमआरपी सार्वजनिक गरेको हो।

हजार भन्दा बढी सीसी भएका गाडीमा बजेटमार्फत अन्तशुल्क बढाइएको थियो। अन्तशुल्क बढेका कारण हजार सीसी भन्दा माथिका गाडीको मूल्य बढेको छ।नयाँ मूल्य सूची अनुसार हुण्डार्इको १५ सय ९१ सीसीको पेट्रोल भर्सन क्रेटाको बेस (इ)को बजार मूल्य ४२ लाख ५६ हजार रुपैयाँ रहेको छ भने १५ सय ८२ सीसी क्रेटा एस एक्स डिजल भर्सनको बजार मूल्य ५८ लाख ५६ हजार रुपैयाँ तोकेको छ।

नयाँ मूल्यसूची अनुसार ११ सय  ९७ सीसीको ग्राण्ड आइ-१० म्याग्ना, म्याग्ना एटी, स्पोर्ट्ज, स्पोर्ट एटी लगायत विभिन्न सिरीजका गाडीको मूल्य २७ लाख ९६ हजार रुपैयाँ देखि ३४ लाख ५६ हजार रुपैयाँसम्म रहेको छ।कम्पनीको ११ सय ९७ सीसीको आइ-२० एक्टिभ बेस पेट्रोल भर्सनको बजार मूल्य ३४ लाख ५६ हजार रुपैयाँ कायम गरिएको छ भने आइ २० एक्टीभ एस पेट्रोल भर्सनको बजार मूल्य ३७ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ।

मारुती सुजुकीको अधिकृत विक्रेसता अरुण इन्टर  कन्टिनेन्टलको सात सय ९६ सीसी अल्टो एसटीडीको बजार मूल्य १६ लाख ३९ हजार रुपैयाँ तोकेको छ। नौ सय ९८ सीसीको सेलेरियो भिएक्स आइको बजार मूल्य २३ लाख ९९ हजार रुपैयाँ कायम भएको छ। ११ सय ९७ सीसीको  इग्निस डेल्टाको बजार मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने स्वीफ्ट जेड एक्स आइको बजार मूल्य ३२ लाख ४९ हजार रुपैयाँ तोकेको छ। कम्पनीले विक्री गर्दै आएको ११ सय ९७ सीसीको बलेनो डेल्टाको मूल्य ३२ लाख ८९ हजार रुपैयाँ पुगेको छ।

टाटा गाडीको अधिकृत विक्रेता सिप्रदी ट्रेडीङले विक्री गर्दै आएको ११ सय ९९ सीसीको टियागो एक्स इको बजार मूल्य २४ लाख ९५ हजार रुपैयाँ कायम भएको छ भने टिगोर आरटी एक्स इको बजार मूल्य २७ लाख ५५ हजार रुपैयाँ पुगेको छ।यसैगरी १२ सय सीसीको जेस्ट एक्स एमको बजार मूल्य ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ भने एसयुभी अन्तर्गत नेक्सन एक्स इ पेट्रोलको बजार मूल्य ३४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ।

रेनो गाडीको अधिकृत विक्रेता एड्भान्स अटोमोवाइल्सले विक्री गर्दै आएको नौ सय ९९ सीसीको आरएक्टीको बजार मूल्य २२ लाख २४ हजार पाँच सय ३३ रुपैयाँ तोकिएको छ भने १४ सय ६१ सीसीको डस्टर आर एक्स जेड ए डब्लुडीको बजार मूल्य ५८ लाख ६२ हजार पाँच सय ५३ रुपैयाँ तोकिएको छ। रेनोको क्याप्चर डिजल अन्तर्गत १४ सय ६१ सीसीको प्राटिन डुअलको बजार मूल्य ६४ लाख ८९ हजार तीन सय सात रुपैयाँ तोकिएको छ।

महिन्द्राको अधिकृत विक्रेता अग्नि इन्कर्पोरेटेडले विक्री गर्दै आएको ११ सय ९८ सीसीको केयुभी १०० एएक्सटी केफोर+जी८०को बजार मूल्य २६ लाख ८५ हजार रुपैयाँ रहेको छ भने केयुभी १०० के ६ डि ७५ को बजारमूल्य ३४ लाख ४५ हजार रुपैयाँ तोकिएको छ। टोयोटाको अधिकृत विक्रेता युनाइटेड सिन्डिकेटले विक्री गर्दै आएको अटो ट्रान्समिसन सहित २४ सय ९४ सीसीको र्या भ फोरको बजार मूल्य एक करोड ४४ लाख ५० हजार रुपैयाँ तोकिएको छ। यसैगरि अटो ट्रान्समिसन सहितको २९ सय ८२ सीसीको प्राडोको बजार मूल्य दुई करोड ७० लाख रुपैयाँ तोकिएको छ।

२७ सय ५५ सीसीको टोयोटा फर्चुनर एम/टीको मूल्य एक करोड ६३ लाख रुपैयाँ तोकिएको छ भने १४ सय ९८ सीसीको इटियोस क्रस भीको बजार मूल्य ४२ लाख रुपैयाँ तोकिएको छ।  फक्सवागनको अधिकृत विक्रेता पुजा इन्टरकन्टिनेन्टलले विक्री गर्दै आएको १३ सय ९० सीसीको टिगुआन १.४ लिटर पेट्रोल अटोमेटिक टिएलको बजार मूल्य एक करोड एघार लाख रुपैयाँ तोकिएको छ भने एक  हजार सीसीको पोलो टिएल १.० पेट्रोलको बजार मूल्य २७ लाख ४५ हजार रुपैयाँ तोकिएको छ।

यसैगरि फियाट गाडीको अधिकृत विक्रेता लाइफ अटोमोवाइलले विक्री गर्दै आएको पेट्रोल भर्सनको पुन्टो अवार्थको बजार मूल्य ३९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ भने डिजलयुक्त जीप कम्पास स्पोर्ट २.० डीको बजार मूल्य ७६ लाख ५० हजार रुपैयाँ तोकिएको छ। यसैगरी पेट्रोलयुक्त जीप कम्पास स्पोर्ट १.४ मेइरको बजार मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

होण्डा गाडीको अधिकृत विक्रेता स्याकार ट्रेडिङले विक्री गर्दै आएको ११ सय ९८ सीसीको ब्रियो एसएमटीको बजार मूल्य २९ लाख २५ हजार रुपैयाँ तोकिएको छ  भने १४ सय ९६ सीसीको सिआरभी १.५ एल आरडब्लुको बजार मूल्य एक करोड ३३ लाख रुपैयाँ तोकिएको छ। फोर्डको अधिकृत विक्रेता गो अटोमोवाइल्सले विक्री गर्दै आएको टाइटानियम एम/टी १.२ एलयुक्त  फिगो पेट्रोलको बजार मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने टाइटानियम एम/टी १.२ एलयुक्त इकोस्पोर्ट एमसिए डिजलको बजार मूल्य ५० लाख ९० हजार नौ सय रुपैयाँ तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell