PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

महन्थ ठाकुरलाई हटाउँदै राजेन्द्र महतो बने राजपाका संयोजक 



बीपी साह

महन्थ ठाकुरलाई हटाउँदै राजेन्द्र महतो बने राजपाका संयोजक 

काठमाडौं: राष्ट्रिय जनता पार्टी(राजपा)ले महन्थ ठाकुरलाई संयोजकबाट हटाएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको अध्यक्ष मण्डलको बैठकले संयोजक परिवर्तन गर्ने निर्णय गरेसँगै उनी संयोजकबाट हटेका हुन्। 

पार्टी गठन भएदेखि महन्थ ठाकुर संयोजक रहँदै आएका थिए। यसबीचमा अध्यक्ष मण्डलका सदस्यहरुबीच विवाद भएपछि पुन चक्रीय प्रणालीमा जाने निर्णय भएको हो। ठाकुर हटेसँगै राजपाका संयोजक राजेन्द्र महतो बनेका छन्।

अब अध्यक्ष मण्डलका प्रत्येक सदस्यहरु दुइदुई महिनाका लागि अध्यक्ष मण्डलको संयोजक हुने राजपाले जनाएको छ। 

राजपाको अध्यक्षमण्डलको बैठकले पार्टी एकीकरण भएपछि गरेको सम्पृर्ण नियुक्ती खारेज गरेको छ। पार्टी एकीकरणका बेला निर्वाचन आयोगमा बुझाएको पदाधिकारीहरु नै कायम हुने भएको छ। यसबीचमा एक सयभन्दा बढी पदाधिकारी नियुक्त गरिएको थियो।

त्यसैगरी सदस्यता वितरण एक महिनाका लागि थप गरिएको छ। बैठकले महाधिवेशनको तयारीमा तीव्रता दिनेसमेत निर्णय गरेको छ।  राजपाको महाधिवेशन आगामी वैशाख ७ देखि ९ गतेसम्म हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell