PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इसुजु ओपन गल्फ टुर्नामेन्ट आगामी शनिबार, होल इन गर्नेको लागि दुई इसुजु पिकअप



इसुजु ओपन गल्फ टुर्नामेन्ट आगामी शनिबार, होल इन गर्नेको लागि दुई इसुजु पिकअप

काठमाडौँ : कन्टिनेन्टल ट्रेडिङ प्रालीले पहिलो पटक इसुजु ओपन गल्फ टुर्नामेन्ट आयोजना गर्ने भएको छ।

इसुजुको लागि नेपालको अथोराइज्ड डिस्ट्रबुटरको रुपमा रहेको कन्टिनेन्टल ट्रेडिङले पहिलो पटक यही आउने शनिवार गल्फ गर्न लागेको हो।

नेपालमा इसुजुको प्रमोट गर्नका लागि गल्फ आयोजना गर्न लागेको कन्टिनेन्टल ट्रेडिङले जनाएको छ। एक दिने प्रतियोगिता गोकर्ण गल्फ कोर्समा हुनेछ।

खुल्ला प्रतियोगिता १८ होलमा खेलाइनेछ। स्टेबल फोर्ड र थ्री वाई फोर पर्म्याटमा खेलाइने प्रतियोगितामा करिब सय गल्फरले भाग लिने आयोजकले जनाएको छ।

प्रतियोगिताको विभिन्न विधामा विजयी हुने खेलाडीले आकर्षक पुरस्कार प्राप्त गर्नेछन्।

 

होल इन वानको लागि दुई इसुजु पिकअप

यसअघिका अम्याचोर गल्फ प्रतियोगितामा होल इनका लागि एक मात्र कार राख्ने गरिएको थियो।

यस पटक कन्टिनेन्टल ट्रेडिङले दुई वटा होलमा होल इन वान को प्राइज राखेको छ। होल नम्वर १० र होल नम्वरमा १६ मा होल इन वान गर्नेले इसुजु पिक पुरस्कार पाउनेछन्। उक्त पिकअपको मूल्य ३९ लाख ९० हजार पर्नेछ।

एउटा होलमा जती जनाले होल इन गरेपनि पहिलो होल इन गर्नेले मात्र उक्त पुरस्कार पाउनेछन्। यस्तै यदी एउटै गल्फर दुवै होलमा होल इन गर्ने पहिलो व्यक्ति भए दुवै होल इन वानको पुरस्कार एकै व्यक्तिले पाउने गोकर्ण गल्फमा गल्फ निर्देशक दिपक आचार्यले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell