PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विनोद दास डीपीएलको निर्देशक नियुक्त



पहिलोपोस्ट

विनोद दास डीपीएलको निर्देशक नियुक्त

काठमाडौँ : नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक विनोद दास धनगढी प्रिमियर लिग (डीपीएल ३) को टुर्नामेन्ट निर्देशकमा नियुक्त भएका छन्।

डीपीएल आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलवार विज्ञप्ती जारी गर्दै दासलाई प्रतियोगिताको निर्देशक नियुक्त गरिएको जनाएको छ।

डीपीएल ३ टी-२० क्रिकेट प्रतियोगिता आगामी माघ १९ देखि फागुन ४ गतेसम्म प्रस्तावित अन्तर्राष्ट्र फाप्ला क्रिकेट मैदानमा हुँदैछ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान विनोद दास नेपालका भएका टी-२० फ्रेन्चाइज टुर्नामेन्टमा कुनै न कुनै रुपमा जोडिदैँ आएका छन्। गत कात्तिकमा पोखरामा भएको पोखरा प्रिमियर लिग (पीपीएल) मा उनी घरेलु टोली पोखरा पल्टनका प्रशिक्षक थिए। शरद भेषावकरको कप्तानीमा रहेको पोखराले दासको प्रशिक्षणमा उपाधि नै जितेको थियो।

यस्तै गत सिजनको एभरेष्ट प्रिमियर लिग (इपीएल) मा दास टेक्निकल टिममा थिए। यही मंसिरमा हुने यस सिजनको इपीएलमा भने काठमाडौँ किंग्स-११ ले दासलाई टिमको डिरेक्टर नियुक्त गरिसकेको छ।

नेपाली क्रिकेटमा दासले प्राप्त गरेको यी सबै अनुभवले गर्दा डीपीएलले पनि उनको निर्देशनमा नयाँ उचाई लिने विश्वास लिएको डीसीएका अध्यक्ष सुवाश शाहीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell