PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'रग्बी फेस्टिभल तथा लाइभ म्युजिक' हुँदै



पहिलोपोस्ट

'रग्बी फेस्टिभल तथा लाइभ म्युजिक' हुँदै

काठमाडौं : रग्बी वर्ल्ड कप टुर - नेपाल 'रग्बी फेस्टिभल तथा लाइभ म्युजिक' हुने भएको छ। नेपाल रग्बी एसोसियसन फेम नेपालले मंसिर २२ गते काठमाडौंको टुँडिखेलमा उक्त कार्यक्रम आयोजना गर्ने भएको हो। 

लाइभ सोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना 'लाउरे', नितेश जंग कुँवर, स्वप्न सुमन, एक्स ब्याण्ड, अभया एण्ड द स्टिम ब्याण्ड, डिजे सुरेन, डिजे कुइन्ले प्रस्तुती दिनेछन्।

वर्ल्ड रग्बीको ट्रफी पनि कार्यक्रममा सार्वजनिक गरिने आयोजकले जनाएको छ। कलाकार सन्दिप क्षेत्री र शुभेक्षा खड्काले संचालन गर्ने कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म हुनेछ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell