PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बैठकमा जाँदैनन् देउवा र झलनाथ : कोरम नपुग्दा विकास समितिको बैठक स्थगित



बीपी साह

बैठकमा जाँदैनन् देउवा र झलनाथ : कोरम नपुग्दा विकास समितिको बैठक स्थगित

काठमाडौं: अधिकांश पार्टीका शीर्ष नेताहरु संसदीय समिति बैठकमा अनुपस्थित हुँदा बैठकहरु प्रभावित हुने गरेका छन्।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल सदस्य छन्।

राजपा अध्यक्ष मण्डलका दुई जना अध्यक्षहरु महेन्द्र राय यादव र अनिल झा पनि सदस्य छन्। तर शीर्ष नेताहरु समितिको बैठकमा अकलझुकल पुग्ने गरेका छन्।

समितिकी सभापति कल्याणी खड्काका अनुसार समितिको बैठकमा कांग्रेस सभापति देउवा एक पटक पनि सहभागी भएका छैनन्। नेकपाका नेता खनाल एउटा बैठकमा मात्र सहभागी भए।

हालसम्म औपचारिक रुपमा १२ पटक र आधा दर्जन अनौपचारिक बैठक बसिसकेको छ। तर शीर्ष नेताहरुको उपस्थिति न्यून छ।

समितिमा पदेन सदस्य बाहेक २७ जना सांसद रहने व्यवस्था छ। बैठकका लागि ५१ प्रतिशत सदस्य आवश्यक हुन्छ। तर १४ जना पनि सहभागी नहुँदा आजको बैठक पनि स्थगित भएको छ।

पुर्ननिर्माण प्रधिकरणको कार्यप्रगतिको समीक्षा र समितिमा प्राप्त दस्तावेजहरु अध्ययनका लागि बैठक बोलाइएको थियो। ११ बजेका लागि बोलाइएको बैठकमा साढे १२ बजेसम्म सांसदहरु नपुग्दा बैठक स्थगित भएको सभापति खड्काले बताइन्।

१२ बजेसम्म जम्मा ११ जना सांसद आएका थिए भने बैठक स्थगित भएपछि राजपाका अनिल झा र नेकपाका लीला श्रेष्ठ आइपुगेका थिए। त्यतिबेलासम्ममा समितिको बैठकमा पुगेका पुर्ननिर्माण प्राधिकरणका पदाधिकारीहरु फर्किसकेका थिए।

झा र श्रेष्ठलाई भने अन्य सांसदहरुले ढिला आइपुगेकोमा कटाक्ष गर्दै बैठकमा समयमा उपस्थित हुन आग्रह गरेका थिए।

को को छन् समितिमा?


अनिल कुमार झा, राष्ट्रिय जनता पार्टी
आशा कुमारी वि.क., नेपाल कम्युनिष्ट पार्टी(ने क पा )
ईन्दु कुमारी शर्मा, नेपाल कम्युनिष्ट पार्टी(ने क पा )
कमला रोका, नेपाल कम्युनिष्ट पार्टी(ने क पा )
कल्याणी कुमारी खड्का, नेपाल कम्युनिष्ट पार्टी(ने क पा )
केदार सिग्देल, नेपाल कम्युनिष्ट पार्टी(ने क पा )
गणेश कुमार पहाडी, नेपाल कम्युनिष्ट पार्टी(ने क पा )
गौरी शंकर चौधरी, नेपाल कम्युनिष्ट पार्टी(ने क पा )
जीप छिरिङ लामा, नेपाली काङ्ग्रेस
झलनाथ खनाल, नेपाल कम्युनिष्ट पार्टी(ने क पा )
टोप बहादुर रायमाझी, नेपाल कम्युनिष्ट पार्टी(ने क पा )
दामोदर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी(ने क पा )
दुर्गा पौडेल, राष्ट्रिय जनमोर्चा
प्रभु साह, नेपाल कम्युनिष्ट पार्टी(ने क पा )
महिन्द्र राय यादव, राष्ट्रिय जनता पार्टी
मिनाक्षी झा, नेपाली काङ्ग्रेस
यज्ञ राज सुनुवार, नेपाल कम्युनिष्ट पार्टी(ने क पा )
रगंमती शाही, नेपाली काङ्ग्रेस
राजेन्द्र कुमार राई, नेपाल कम्युनिष्ट पार्टी(ने क पा )
राजेन्द्र प्रसाद लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी
राम बहादुर बिष्ट, नेपाली काङ्ग्रेस
लिलानाथ श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी(ने क पा )
विना कुमारी श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी(ने क पा )
शेर बहादुर देउवा, नेपाली काङ्ग्रेस
हरिनारायण प्रसाद रौनियार, संघीय समाजबादी फोरम, नेपाल(रौनियार हाल निलम्बनमा परेका छन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell